कपिलवस्तुका मोस्ट वान्टेड अपराधी पक्राउ

कपिलवस्तु । कपिलबस्तुका मोस्ट वान्टेड अपराधी नसिम खान पक्राउ परेका छन् । ८ जनाको हत्या गरी फरार रहेका खानलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको टोलीले प्रक्राउ गरेको हो ।

२०७४ फागुन ३ मा मोहम्मद रहमानको अपहरणपछि हत्या गरेको आरोप उनीमाथि छ । साथै उनीले पछिल्लो १२ वर्षयता ७ जनाको हत्या गरेको पनि पुष्टी भएको सिआइबीले जनाएको छ ।

नसिम खान बिरुद्ध जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा हत्या, अपहरण र डकैतीका एक दर्जन मुद्दा दर्ता रहेका छन् । फरार रहेका खानले भूमिगत हुँदै चन्दा असुली पनि गर्दै आईरहेका थिए ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय