भानुजयन्तीमा रचना वाचन 

कपिलवस्तु । शिवगढी साहित्य संगमको आयोजनामा २०६ औ भानुजयन्ती तथा सातौँ वार्षिक उत्सवको अवसरमा विभिन्न कार्यक्रमहरु गरिएको छ । आज शिवगढी स्कुलको प्राङगणमा भएको कार्यक्रममा शिवराज नगरपालिका १ स्तरीय आधारभुत तथा माध्यमिक तह तर्फ कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ ।

भानु विशेष साहित्यिक रचना वाचनमा साहित्य अनुरागीहरुले विभिन्न रचनाहरु प्रस्तुत गरेका थिए । भाषा साहित्य कला र संस्कृति, राष्ट्रको अमुल्य निजि सम्पती भन्ने नारासहित आयोजित कार्यक्रममा आदिकवि भानुभक्त आचार्यको विशेष चर्चा गरिएको थियो । 

कार्यक्रममा भएको प्रतियोगितामा माध्यमिक तह तर्फ निवन्धमा नेपाल आर्दश माविका सुगम खनाल प्रथम, विनिता खनाल द्धितिय, रंगिलाल माविका प्रेम कहार तृतिय र राष्ट्रिय माविका प्रवेश भुषाल सान्तवना भएका छन । त्यस्तै मावि तर्फ कवितामा प्रथम आरती क्षेत्री, द्धितिय सिर्जन अधिकारी, तृतिय रवि थारु र सान्तवना अञ्जली सुनार भएका छन । 

आधाभुत तह तर्फ कविता वाचनमा आराध्य पौडेल प्रथम, रितु गिरी द्धितिय, कृति भण्डारी तृतिय र सुप्रिय पोख्रेल सान्तवना भएका छन । उनिहरुलाई नगद सहित पुरस्कृत गरिएको हो ।

संगमको सातौँ वार्षिक उत्सवमा प्रगति प्रतिवेदन संस्थाका अध्यक्ष अर्जुन शरले प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष प्रकाश थारुले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा वोल्दै शिवराज नगरपालिका उपप्रमुख शिवकमारी थारुले शिवगढी साहित्य संगमले नगरपालिकालाई नै साहित्य पे्रमी बनाएको बताईन । उनले नगरभित्रका क्षमता भएको साहित्यिक श्र्रष्ठाहरुलाई एकजुट बनाएर प्रशंसनीय काम गरेकोमा धन्यवाद दिइन । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय