तुरतुरे तालको आसपासमा सडक भासियो, फुट्न सक्ने खतरा

बागलुङ । मध्यपहाडी लोकमार्गको बागलुङ–बुर्तिवाङ सडकखण्डअन्तर्गत ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिकाको सिमानामा बनेको कृत्रिम ताल आसपासमा सडक भासिएको छ । सो ठाउँमा पहिरोसमेत खसेको छ । वर्षासँगै तालमा पानीको मात्रा बढेपछि मध्यपहाडी लोकमार्ग लगातार कटान भइरहेको छ । कतिपय स्थानमा सडक भासिन थालेको छ । 

कृत्रिम ताल फुट्न सक्ने खतरा रहको स्थानीयवासीले बताएका छन । पहिरोका कारण मध्यपहाडी लोकमार्गसमेत अवरुद्ध हुन थालेको स्थानीयवासी दिनेश शर्माले बताए । “सडक भासिने र पहिरो खस्ने जोखिम बढेको छ” उनले भने । 

गत वर्ष भदौमा पहिरो खस्दा बडिगाडखोला थुनिएर तीन सय मिटर क्षेत्रमा ताल बनेको थियो । सो क्षेत्रमा पहिरो खसे ढोरपाटन नगरपालिकाको भाग डुबानमा पर्ने तथा ताल फुटे बडिगाडलगायत गुल्मीका तटीय क्षेत्रमा क्षति पुग्ने देखिएको भीमगिठे प्रहरी चौकीका प्रहरी नायब उपरीक्षक ऋनबहादुर वैदारले बताए ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय