मोटरसाईकलले ठक्कर दिँदा अर्घाखाँचीका वृद्धको मृत्यु 

बुटवल । सिद्धार्थनगर नगरपालिकाको विद्युत कार्यालय अगाडी मोटरसाइकलले ठक्कर दिँदा बृद्धको मृत्यु भएको छ । बुटवलबाट भैरहवा जादै गरेको लु १४ प ८५३२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री ७० वर्षिय दिनानाथ बेल्वासेको मृत्यु भएको प्रहरीले जनाएको छ । 

शनिबार राती मोटरसाइकको ठक्करबाट गम्भिर घाइते भएका सिद्धार्थनगर नगरपालिका ८ का बेल्वासेको मेडिकल कलेज भैरहवामा उपचारका क्रममा आईतवार बिहान मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय