बाँके, बर्दिया र दाङमा पनि असार २८ भित्रै बालीनाली थन्काउन आग्रह

बुटवल । जल तथा मौसम विज्ञान विभागले असार २८ गतेभि नै बालीनाली थन्काउन अनुरोध गरेको छ । विभागले खोला तथा नदी किनारमा रहेका बालीनालीअसार २८ गतेभित्रै थन्काइसक्न अुनरोध गरेको हो । 

विभागले एक सूचना जारी गर्दै तटीय क्षेत्रमा उच्च सतर्कताका साथ निर्माणको काम गर्न र बालीनाली सम्भव भएसम्म यही असार २८ गतेभित्रनै थन्काउन अनुरोध गरेको हो । महाशाखाका अनुसार हाल नदी र खोलामा जलस्तर बढ्दो क्रममा रहेको र एक हप्तापछि बहाव थप उच्च हुने भन्दै सतर्क रहन आग्रह गरेको हो ।

सोमबारसम्मै भारी बर्षाको सम्भावना रहेकोले सर्तकता अपनाउन विभागले आग्रह गरेको छ । डडेलधुरा, डोटी, कैलाली, कञ्चनपुर, बर्दिया, बाँके, दाङ, सुर्खेत, दैलेख, जाजरकोट, अछाम र आसपास जिल्लाका चुरे र पहाडका साना नदीमा आज बिहानदेखि बहाव उच्च हुने अनुमान छ । केही नदी तथा खोलामा आकस्मिक बाढी आउन सक्ने भएकाले सतर्क रहनसमेत विभागले आग्रह गरेको छ ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय