‘गुणस्तरहीन काम गर्नेलाई कारवाही हुन्छ’

नेपालगञ्ज । शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले पूर्वाधार संरचना निर्माणमा गुणस्तरहीन काम गर्ने जो कोहीलाई पनि कारवाही गरिने बताएका छन । शहरी विकास तथा भवन निर्माण कार्यालयले नेपालगञ्जमा आयोजना गरेको अन्तक्र्रियामा उनले भौतिक पूर्वाधार निर्माणका क्रममा वातावरण विनाश हुन नदिन सरकार सचेत रहेको बताए ।

नेपालगञ्जमा सडक तथा नाला निर्माणका क्रममा जसबाट गल्ती भएको छ, त्यो सच्याउने जिम्मा पनि उसैले लिनुपर्ने मन्त्री राईको भनाइ छ । मन्त्रालयले नेपालगञ्जमा दश हजार रुखका बिरुवा रोप्ने तयारी गरिरहेकाले यसका लागि नेपालगञ्ज उपमहानगरपालिकासँग सहकार्य गरिने उनले बताए ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय