तम्घासमा मुक्तिनाथको शाखा  

गुल्मी । जिल्ला सदरमुकाम तम्घासमा मुक्तिनाथ विकास बैंकको शाखा सञ्चालनमा आएको छ । तम्घासको पुतलीबजारमा बैंकले १ सय २० औं शाखाको शुभारम्भ गरेको हो । शाखाको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख डिल्लीराज भुसालले शुभारम्भ गरे । 

भुसालले बैंकलाई किसान र साना उद्योगीहरुलाई सर्वशुलभ व्याजदरमा ऋण प्रवाह गर्न आग्रह गरे । जिल्लामा बिभिन्न कृषि तथा साना व्यवसाय गर्ने कृषकहरुलाई सर्वशुलभ ढंगबाट ऋण दिए कृषक र साना उद्योगीहरुलाई राहत हुने उनको भनाई छ । उनले बैंकहरुले पैसा जम्मा गर्ने, नाफा कमाउने मात्रै ठूलो कुरा नभई सबै क्षेत्रलाई सहज र सरल सेवा प्रदान गर्नुपर्नेमा जोड दिए ।

कुनै समय राष्ट्रिय बाणिज्य बैंक मात्रै हुँदा सेवा लिन दिनभर कुर्नुपर्ने बाध्यता रहेको स्मरण गर्दै भुसालले बैंकहरु स्थापनासँगै सेवा लिन सहज भएको बताए । नयाँ बैकहरु स्थापनासँगै सेवाग्राहीले छिटो छरितो ढंगबाट सेवा पाइरहेको उनले बताए ।

मुक्तिनाथ बिकास बैंकका क्षेत्रीय कार्यालय पोखराका प्रमुख बावुराम ढकाल, बुटवल क्षेत्रीय शाखा प्रमुख गोबिन्द पोखरेल र गुल्मी शाखा प्रमुख तेजप्रसाद न्यौपानेले स्याङजाको पुतलीबजार नगरपालिकाबाट १ करोड २० लाखको चुक्ता पूँजीबाट स्थापना भएको बैंकले पछिल्लो सयम यता फड्को मार्दै गएको बताए । उनीहरुले बैंकले कस्तो सेवा प्रदान गरेको छ भन्दा पनि जनतालाई सेवा प्रवाहमा सहज भएको छ की छैन् भन्ने प्रमुख कुरा रहेको बताए । 

बैंकले लगानी गरेको ऋणले उत्पादन गरेको छ की छैन् ? त्यसले कतिको प्रभाव पारेको छ ? जिवन स्तरमा सुधार भएको छ की छैन् ? भन्ने मुख्य बिषय रहेको उनीहरुको भनाई छ । बैंक अरु बैंक भन्दा बिशेष छ भन्ने सेवाग्राहीले महसुस गर्न पाउनुपर्नेमा उनीहरुले जोड दिए । 

बिना धितो लगानी र तीन लाखसम्म महिलाहरुलाई लगानी गरेको बैंकले जनाएको छ । बैंकले जम्मा रकम मध्ये ३३ प्रतिशत कृषि क्षेत्रमा लगानी गरेको बैंकले छ । बैंकको चुक्ता पूँजी ३ अर्ब ६ करोड रहेको छ । पछिल्लो चैत्र अन्तिमसम्मको निक्षेप ४२ अर्ब र ३७ अर्ब लगानी रहेको बैंकले जनाएको छ । 

मुक्तिनाथ विकास बैंकले देशैभरी ११९ शाखा, २५ वटा ए.टि.एम. र छ लाख ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बंैकास्योरेन्स, आस्वा, मोबाइल बंैकिंङ्ग सुविधाका साथै देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका एटिएमबाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध गराएको छ । 

हालै मात्र बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आवद्ध भई ‘जीवन वरदान’ बचत खाता सञ्चालनमा ल्याएको छ ।


 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय