भिरबाट लडेर ४ जनाको मृत्यु  

गुल्मी । गुल्मीमा पछिल्लो एक सातामा एउटै प्रकृतिका घटनामा चार जनाले ज्यान गुमाएका छन । जिल्लामा पछिल्लो समय भिरबाट लडेर मृत्यु हुनेको संख्यामा बढदो छ ।

आइतबार जिल्लाको धुर्कोट गाउँपालिका ४ वस्ने ४५ वर्षीय नारायण परियार भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) मिनबहादुर घलेले बताए । परियार घर नजिकै जंगलमा दाउरा काट्ने क्रममा लडेर मृत अबस्थामा फेला परेका थिए । 

दाउरा काट्न भनी हिडेका परियार अबेरसम्म घरमा नआएपछि परिवारले खोज्ने क्रममा मृत अबस्थामा फेला पारेको (डिएसपी) घलेले बताए । 

जिल्लामै रेसुङ्गा नगरपालिका १० सिमीचौरमा भिरबाट लडेर गत असार २० गते शुक्रवार ४२ वर्षीय काशीराम पाण्डेय मृत फेला परे । पाँच दिनदेखि बेपत्ता भएका पाण्डेयको शव शुक्रवार रेसुङ्गा नगरपालिकाको वडा नम्बर ८ खानिगाउँ स्थित जंगलमा ज्याकेटले मुख छोपेर सुतिरहेको अबस्थामा फेला परेको थियो । प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा काम गर्दै आएका पाण्डेय काम गर्न भनि घरबाट निस्कीएका थिए । 

असार १७ गते जिल्लाको इस्मा गाउँपालिका ३ ठाढुङ्गा मा ५३ वर्षीय ऐते सुनारको भिरबाट लडेर मृत्यु भयो । सुनार असार १५ गते परिवारबाट सम्पर्क बिहिन थिए । 

त्यस्तै जिल्लाको मुसिकोट नगरपालिका ३ वडागाउँमा मा ५० वर्षीय रामबहादुर बिकको दाउरा काटने क्रममा भिरबाट लडेर मृत्यु भएको छ । यसरी गुल्मीमा भिरबाट लडेर मृत्यु हुनेको संख्या दिनानु दिन बढ्दै जान थालेको छ ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय