मोष्ट वान्टेड अपराधी खांनलाई छुटाउन नेकपाको दबाव

कपिलबस्तु । हत्या तथा अपरणमा संलग्न रहेका नसिम खाँलाई कपिलवस्तु प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक ग¥यो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले तौलिहवामा पत्रकार सम्मेलन गरी पक्राउ परेका नसिम खाँ (जावेद वादशाह) लाई सार्वजनिक गरेको हो ।

शाहलाई प्रहरीले सार्वजनिक गरेको केहि क्षणमै सत्ताधारी पार्टि नेकपा कपिलबस्तुले अत्यन्त लज्जास्पद भुमिका देखाएको छ । कपिलवस्तुको मायादेवी गाउँपालिका ४ पिपराका नसिम खाँ माथि ८ वटा मुद्धा दर्ता भएका छन । ७ वटा कर्तब्य ज्यान र १ वटा डाँका चोरी मुद्धाका आरोपी रहेका उनी सत्ताको संरक्षणमा रहदै आएको भन्ने पिडितहरुको आरोप पुष्टि सहजै भएको छ । 

नेकपा कपिलवस्तुका जिल्ला अध्यक्ष झविलाल पोख्रेल र सचिव रामचन्द्र शाहले एक प्रेस विज्ञप्ति जारी गर्दै नसिमलाई तत्काल रिहाईको व्यवस्था मिलाउन माग गरेका छन । राजनीति सहमतीअनुसार नसिममाथि लगाइएका मुद्धा फिर्ता भएको बखत उनलाई एकाएक प्रहरीले पक्राउ गर्नु दुःखत रहेको विज्ञप्तिमा उल्लेख छ ।

एउटा गैर राजनितीक अपराध घटनामा संलग्नलाई संरक्षण गर्ने उदेश्यबाट आएको नेकपा कपिलबस्तुको उक्त बिज्ञप्तीको चौतर्फि आलोचना र निन्दा भएको छ । चार बर्षिय बालकलाई समेत अपहरण गरेर हत्या गर्ने खानको संरक्षणमा नेकपा कपिलबस्तु उभिएपछि ठुलै हलचल पैदा भएको छ । 

खाँले २०६३ जेठ १९ गते कपिलवस्तुको फुलिका ३ बस्ने धर्मराज बराईको छोरालाई धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोग छ । भने पछिल्लो सयम २०७४ फागुन ३ गते ४ वर्षीय मोहम्मद अहेमानलाई अपहरण पश्चात हत्या गरी फरार रहेको प्रहरीको दावी छ । 

नेपाल प्रहरीको मोष्ट वान्टेडको सूचीमा रहेका खानलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरोले काठमाण्डौंको सिनामंगलबाट शनिवार विहान नियन्त्रणमा लिएको थियो । गत बर्ष पौष ३ गते कपिलवस्तुको सिमावर्ती क्षेत्र भएको एक कार्यक्रममा कृषि मन्त्री चक्रपाणी खनाल तथा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी अर्जुन प्रसाद पोखरेलसंगै देखिएका उनलाई पक्राउ गर्ने प्रहरीको प्रयास सफल हुन सकेको थिएनन । 

अपराध गर्ने र शसस्त्र समुहको नाममा बार्ता गर्ने सुबिधालाई समेत उनले राम्रै सदुपयोग गरेका थिए । त्यसलाई सदुपयोग गर्दै तराईका शसस्त्र समूहसंग राज्यले गरेको वार्ताको पहलमा हतियार बुझाएर सार्वजनिक भएका थिए । तर ब्यक्तीगत घटना र बालक अपहरण पछिको हत्यालाई राजनितीक मान्न नसकीने भन्दै अधिकारकर्मीहरुले आलोचना गर्न थालेपछि खांन अर्ध भुमिगत जस्तै थिए । उनी प्रहरीको गिरफ्तारीबाट बच्न प्राय गरेर भारतीय सिमावर्ती बजारमा बस्ने गरेका थिए ।

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय