बुटवल–पाल्पा सडकखण्डमा जोखिम 

बुटवल । लामो खडेरीपछि परेको लगातार वर्षाले पश्चिम नेपालको जनजिवन प्रभावित हुन थालेको छ । दुईदिन देखिको वर्षाले नदिहरुमा पानीको सतह बढेको छ । विभिन्न सडकखण्डहरु पनि पहिरोले अवरुद्ध बन्न पुगेका छन । वर्षातको समयमा निकै जोखिम रहने बुटवल–पालपा सडक खण्ड पनि अवरुद्ध हुदै खुल्दै भैरहेको छ ।

गएराती अवरुद्ध भएको सडक विहान खुलेको थियो । फेरि विहान पहिरो खसेपछि ३ घण्टापछि पुन सुचारु भएको छ । सडक विभागको डोजर बुटवल र पाल्पा दुवै स्थानमा राखिएको छ । पाल्पाको केराबारी नजिकै विहान गएको पहिरो हटाई अवरुद्ध सडक संचालनमा आएको टाफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । 

यता बुटवलको तिनाउ नदिमा पनि जोखिम बढेको छ । नदि किनारमा रहेका वस्तीहरुमा त्रास वढेको स्थानिय प्रगतीनगर वस्ती विकास समितिका अगुवा धन वहादुर गुरुङले बताए । तिनाउ नदीमा पनि शुक्रबार ठूलो बाढी आएको छ । 

बाढी पूर्वानुमान महाशाखाले तिनाउ नदी बुटवलमा जलसतहले सामान्य सतर्कता तह पार गरेको जनाएको छ । तिनाउ नदीमा जलसतह पार भएकाले सर्तकता अपनाउन तिनाउको तल्लो तटिय क्षेत्रका बासिन्दालाई महाशाखाले आग्रह गरेको छ । बुटवलका मुख्य सडकहरुमा पनि पानी भरिएर यात्रा गर्न समेत समस्या भएको छ । कतिपय उद्योग तथा सरकारी कार्यालयहरुमा पनि पानी भरिएको छ ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय