१६ चैत २०८०, शुक्रबार

फेरी रोकिए नाकामा तरकारी बोकेका भारतीय गाडी 

भैरहवा । भारतबाट आयात भएका तरकारी र फलफूल बोकेका ट्रक सीमा नाकामा रोकिएका छन । तरकारी र फलफूलमा विषादी परीक्षण नगर्ने सरकारी निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश जारी गरेपछि मालवाहक गाडी सीमामा रोकिएका हुन । 

सर्वोच्चले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेपछि विषादी परीक्षण नभएका तरकारी र फलफूलका गाडी नाकामा रोकिएको भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी कलिराम पौडेलले बताए । सर्वोच्चका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले बुधबार मन्त्रिरिषद्को असार १८ गतेको निर्णय कार्यान्वयन नगर्न आदेश जारी गरेको थियो ।

‘सर्वोच्चको आदेशपछि भन्सार विभागको तत्कालको मौखिक निर्देशनमा विषादी परीक्षण विना तरकारी र फलफूलका गाडी छाडेका छैनौँ’, पौडेलले भने । उनले विषादी परीक्षण नभएकाले बिहीबार भारतबाट आएको कुनै पनि तरकारी र फलफूलका गाडी नछाडिएको जानकारी दिए । अन्नपूर्णपोस्ट दैनिकमा सलमान खानले समाचार लेखेका छन । ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्