सिद्धबाबामा पहिरोले मोटरसाईकल बगायो

बुटवल । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड अन्तरगत सिद्धबाबामा पहिरोले मोटरसाईकल सहित एक जनालाई बगाएको छ । राजमार्गको माथिल्लो सिद्धबाबा नजिकैको हेडवक्समा माथिबाट पहिरो खसेपछि केही बेर अघि बुटवलबाट पाल्पा तर्फ जाँदै गरेको मोटरसाईकल पहिरोमा परेको हो ।

मोटरसाईकलसँगै चालकलाई पहिरोले झण्डै ७० मिटर टाढा पु¥याएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक खिमलाल भट्टराईले धरातल अनलाईनलाई बताए । पहिरोमा पुरिएको अवस्थामा मृतकको शरिर मात्र देखिएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनास्थलमा उद्धार जारी राखेको छ । माथिबाट ढुंगा खस्ने क्रम नरोकिएकाले उद्धारमा कठिनाई भईरहेको र जिवितै उद्धार गर्ने सम्भावना कम रहेको पनि उनले जानकारी दिए ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय