७ बैशाख २०८१, शुक्रबार

रोट्रायक क्लब अफ तिलोत्तमाको अध्यक्षमा रेशम

बुटवल । रोट्रायक क्लब अफ तिलोत्तमा रुपन्देहीको नयाँ अध्यक्ष रेशम खड्का बनेका छन । आज भएको चौथो पद हस्तान्तरण तथा धन्यवाद कार्यक्रममा खड्कालाई वर्ष २०१८–१९ का अध्यक्ष नबिन थापाले पद हस्तान्तरण गरेका हुन । पद हस्तान्तरण कार्यक्रमको प्रदेश नं ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले उद्घाटन गरे । 

कार्यक्रममा बोल्दै मन्त्री बरालले प्रदेशको ‘समृद्ध जनता, खुसी जनता’ नारालाई सार्थक बनाउन सामाजिक संघ संस्थाहरुको भुमिका महत्वपुर्ण रहेको बताए । उनले प्रदेश एक्लैले समृद्धी हासिल गर्न नसक्ने भन्दै सबैको सहयोग आवश्यक रहेको बताए । 

पद हस्तान्तरणपछि बोल्दै क्लबका अध्यक्ष रेशम खड्काले समयको महत्वलाई बुझेर सामाजिक कार्यमा अग्रसर रहने बताए । स्वार्थ भन्दा माथि उठेर समाज सेवा गर्ने भन्दै उनले व्यक्तित्व विकास अवसरको सिर्जना र सामाजिक उत्तरदायित्व क्लबको पहिलो प्राथमिकतामा रहेको बताए ।

कार्यक्रममा बर्ष २०१८–०१९ का अध्यक्ष नबिन थापाले वर्षभरी गरेका कामको प्रगती प्रतिवेदन गरेका थिए । कार्यक्रममा बुटवल आम्दा अस्पतालमा कार्यरत  बालरोग विशेषज्ञ डा. सन्तोष पोख्रेललाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा एसिस्टेन डिष्ट्रिक गर्भनर ३२९२ का राजेन्द्र ढकाल, सनराइज बैक प्रदेश प्रमुख राजेन्द्र घिमिरे, रोटरी क्लब अफ तिलोत्तमा रुपन्देही अध्यक्ष कृष्ण शर्मा, रोट्रायाक क्लब अफ तिलोत्तमा रुपन्देहीका संस्थापक अध्यक्ष मोहन न्यौपानेलगायतले बोलेका थिए । 

क्लबका महेश पौडेलले स्वागत गरेको कार्यक्रममा सुवास केसीले धन्यवाद दिएको सन्तोष कंडेलले जानकारी दिए ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्