७ बैशाख २०८१, शुक्रबार

गुल्मीमा विप्लवका दुई विद्यार्थी नेता पक्राउ

गुल्मी । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठनका दुई विद्यार्थी नेता पक्राउ परेका छन् । 

अनेरास्वुवियु (क्रान्तिकारी) का जिल्ला सचिव बिष्णु बि.क र जिल्ला सदस्य राज खड्कालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) दिपककुमार बस्नेतले धरातल अनलाईनलाई जानकारी दिए । विद्यार्थीहरुले सोमबार तम्घासको महेन्द्र नमुना माध्यामिक विद्यालयमा ब्यानरसहित खुल्ला कार्यक्रम गर्न लागेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिईएको उनले बताए । 

सरकारले प्रतिबन्ध लगाएको समयमा निकट  विद्यार्थी संगठनका नेताहरु सदरमुकाम तम्घासको प्रहरी प्रशासन कै कोखमा आएर खुल्ला कार्यक्रम गर्न खोजेका थिए । बिद्यार्थी संगठनले कार्यक्रम गर्न लागेको स्थल जिल्ला प्रहरी कार्यालय देखि तीन सय मिटरको दुरीमा छ । प्रहरीले नियन्त्रणमा लिएका दुई जना बिद्यार्थी नेतालाई जिल्ला प्रहरी कार्यालय गुल्मीमा राखेर अनुसन्धान गरिने बस्नेतले बताए । 

संगठनका जिल्ला अध्यक्ष विकल्प खत्रीले पार्टीलाई प्रतिबन्ध लगाइए पनि विद्यार्थी  शान्तिपुर्ण रुपमा पढ्न र संगठनको काम गर्न पाउनु पर्ने प्रतिक्रिया दिए । उनले पक्राउ परेका बिद्यार्थी नेतालाई तत्काल रिहाई गर्न आग्रह गरेका छन ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्