अनुदान लिनै आएनन किसान

बाँके । सरकारले आयात प्रतिस्थापन गरी मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउन विभिन्न किसिमका अनुदानका कार्यक्रम ल्याएको छ । तर, ती अनुदानमा आकर्षित हुन नसक्दा बाँके र बर्दियाका कृषक अनुदान नै लिन आएका छैनन ।

विभिन्न जिल्लामा कृषकले अनुदान नपाएको गुनासो आइरहेका बेला चालू आर्थिक वर्षमा यहाँका कृषक अनुदान लिन नआएरै कृषि अनुदानको करिव १ करोड रुपैयाँ फ्रिज हुने भएको हो । प्रदेश सरकारअन्तर्गत कृषि ज्ञान केन्द्रमार्फत दुवै जिल्लामा विभिन्न कार्यक्रमका लागि आएको १ करोड १० लाख रुपैयाँ फ्रिज हुने भएको हो । 

अनुदानग्राही कृषकले आवेदन नै नहाल्नु, कार्यविधिविपरित अनुदान माग गर्नु तथा आवेदन हालेका मध्य पनि कार्यक्रम गर्न नसक्ने भन्दै अनुदान लिनै नआएपछि उक्त रकम फ्रिज हुने भएको हो । कारोबार दैनिकमा लक्ष्मण ढुंगानाले समाचार लेखेका छन ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय