७ बैशाख २०८१, शुक्रबार

राष्ट्रिय फुटबल टिमका गोलकिपर किरण भारतीय क्लबमा आबद्ध


काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका नम्बर एक गोलकिपर किरण चेमजोङ भारतीय क्लब मिर्नेभा पञ्जाब आबद्ध भएका छन । किरणले भारतको माथिल्लो डिभिजनको आई लिग खेल्ने क्लब पञ्जाबसँग दोस्रो पटक सम्झौता गरेका हुन्।

यसअघि उनले २०१७ को सिजनको अन्त्यमा उनले ८ खेल पञ्जाबबाट खेलेका थिए । २ महिनाअघि किरण र माल्दिभ्सको पहिलो डिभिजनको क्लब टिसी स्पोर्टसबीच भएको सम्झौता रद्द भएको थियो । रद्दपछि नयाँ क्लबको खोजीमा रहेका किरण भारतीय क्लबमा पुगेका हुन्। । क्लबले पनि किरणसँग सम्झौता भएको पुष्टि समाजिक सञ्जालमार्फत गरेको छ ।

टिसी स्पोट्र्सले राष्ट्रिय टिमको खेल छाडेर माल्दिभ्स आउन आग्रह गरेको थियो । तर किरणले नेपालको मलेसिया र चाइनिज ताइपेईविरुद्धको मैत्रीपूर्ण खेलका कारण माल्दिभ्स आउन नसक्ने बताएका थिए। एन्फाले पनि क्लबलाई पत्रचार गरेको थियो । तर क्लबले भने सम्झौता नै रद्द गरेको थियो ।

पहिलो डिभिजनको लिग धिवेदी प्रिमियर लिगका लागि टिसी स्पोट्र्स क्लबले फरवार्ड विमल घर्तीमगर र गोलकिपर किरण चेमजोङसँग सम्झौता गरेको गरेको थियो । टिसी स्पोट्र्स लिगको साविक विजेता हो । राष्ट्रिय टिममा नरहेका विमल भने क्लबबाट खेलिरहेका छन्।

२०१७ मा टिसी स्पोट्सले माल्दिभ्सको माथिल्लो डिभिजनमा दोस्रो स्थान हात पारेको थियो । २०१७ को अन्त्यमा किरणले पञ्जाजबाट केहि महिना खेलेका थिए । पछि फेरि उनी टिसी स्पोट्र्समै आबद्ध भएका थिए । किरण गत सिजन माल्दिभ्सको पहिलो डिभिजनको लिग धिवेदी प्रिमियर लिग २०१८ को उत्कृष्ट गोलकिपर बनेका थिए ।

२८ वर्षीया किरणले सन् २०१६ मा मनाङ मस्याङ्दीबाट खेलेका खेलेका थिए । एन्फा एकेडेमीका उत्पादन किरणले २००९ देखि २०१६ सम्म थ्री स्टार क्लबबाट खेले । त्यसक्रममा उनले थ्री स्टारलाई लिगसहित दर्जनौ घरेलु फुटबल प्रतियोगिताको उपाधि जिताउन उत्कृष्ट प्रदर्शन गरेका थिए । सन २००८ मा राष्ट्रिय टिममा डेब्यू गरेका उनले ६५ क्याप जितिसकेका छन्।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्