१६ चैत २०८०, शुक्रबार

बुद्ध मूर्ति तोडफोडप्रति नेकपाको आपत्ति

बुटवल । तिलोत्तमा नगरपालिकाले सिद्धार्थ राजमार्गमा राखेका बुद्ध मूर्ति तोडफोडप्रति  नेपाल कम्युनिष्ट पार्टि (नेकपा) ले आपत्ति जनाएको छ । नेकपाको तिलोत्तमा नगर कमिटीले विज्ञप्ती जारी गर्दै घटनाले स्तव्ध बनाएको जनाएको छ ।

बुद्ध मूर्ति तोडफोड जस्तो अराजक गतिविधिप्रति खेद व्यक्त गर्दै नगर कमिटीले सो कार्यमा संलग्नलाई पहिचान गरी कारवाही गर्न स्थानीय प्रशासनसँग माग गरेको छ । आगामी दिनमा यस्ता गतिविधि दोहोरिन नदिन सडक सुरक्षामा ध्यान पु¥याउँदै सिसिटिभी क्यामरा जडान गर्न विज्ञप्तीमार्फत माग गरिएको छ ।

नगर कमिटीका अध्यक्ष मोहन चापागाईले हस्ताक्षर गरको विज्ञप्तीमार्फत नेकपाले सामाजिक सदभाव तथा धार्मिक सहिष्णुता कायम राख्न र संयमता अपनाउन आग्रह गरेको छ ।

गएराती छ लेन सडकको शंकरनगर चोकदेखि नयाँमिलसम्म राखिएका बुद्ध मूर्ति कामै नलाग्ने गरी तोडफोड गरिएको हो । तिलोत्तमा नगरपालिकाले आफ्नो लगानीमा बुटवल बेलहिया सडकखण्ड अन्तरगत योगिकुटीदेखि मंगलापुरसम्म लुम्बिनीको झल्को दिने गरी २२ वटा मूर्ति स्थापना गरेको थियो ।

गत बैशाख १ गते प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले बुद्ध मूर्ति अनावरण गरेका थिए ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्