४ बैशाख २०८१, मंगलबार

ढले सीमास्तम्भ

बुटवल । नेपाल–भारत अन्तर्राष्ट्रिय सिमाना दसगजामा रहेका कपिलवस्तु जिल्लास्थित सदूर पश्चिम–दक्षिणका चारवटा सीमास्तम्भलाई बाढीले ढालेको छ । गत असार २६ गते परेको अविरल वर्षापछि आएको बाढीले सीमास्तम्भ ढालेको हो ।

विजयनगर–७ ठकुरापुरस्थित चरगाहवा नदीमा आएको बाढीले सीमास्तम्भ (पिलर) ढालेको प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेयले बताए । उनले नेपाल–भारत सिमाना कपिलवस्तुको पश्चिम–दक्षिण भेगबाट बग्ने चरगाहवा नदीमा यसै वर्ष बनाएका ५७७/७, ५७७/९, ५७८/७ र ५७८/१० नम्बरका पिलरहरू नदीको बाढीले क्षतिग्रस्त भएको उनले जानकारी दिए ।

नेपाल–भारत सीमा सर्भे टोली–३ ले यसै वर्ष सो क्षेत्रमा बनाएका तीन सय ६ वटा पिलरमध्ये कपिलवस्तु खण्डमा बनाइएकामध्ये भारतले बनाएको दुईवटा र नेपालले बनाएको दुईवटा पिलरहरू ढलेका हुन । नेपाल–भारत सीमा सम्झौताअनुसार नेपालले बिजोर नम्बरका र भारतले जोर नम्बरका पिलरहरूको मर्मत तथा निर्माण गर्ने कार्य गर्दै आएको नागरिक दैनिकमा खबर छ । 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्