दाङमा कोहलपुरका युवक मृत फेला

दाङ । दाङको तुलसीपुरमा रहेको एक होटेलमा एक युवक मृत फेला परेका छन्। । मानसरोवर होटेलमा बाँकेको कोहलपुरका अन्दाजी २७ वर्षीय रमेश हमाल मृत फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रेमबहादुर शाहीले जानकारी दिए ।

उनी होटेलको कोठामा झुन्डिएको अवस्थामा फेला परेको शाहीको भनाई छ ।हमाल रुकुमकी एक युवतीसँगै केहि दिनदेखि होटेलमा बस्दै आएको प्रहरीले जानकारी दिएको छ ।

युवतीलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएर उनीहरु बीचको नाता सम्बन्धको बारेमा अनुसन्धान भइरहेको प्रमुख शाहीले बताए । घटनाबारे थप अनुसन्धान जारी रहेको डीएसपी शाहीले बताए ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय