परराष्ट्रमन्त्री ज्ञवाली दम्पतीले अगंदान गर्ने 

काठमान्डौं । परराष्ट्रमन्त्री तथा नेकपा स्थायी कमिटी सदस्य प्रदीप ज्ञवाली दम्पत्तीले आफ्ना शरीरका बिभिन्न अंग मृत्युपश्चात जुनसुकै बिरामीलाई प्रत्यारोपण गर्नेगरी अंगदानको घोषणा गरेका छन ।

मन्त्री ज्ञवाली र पत्नी सरस्वती ज्ञवाली अर्यालले शुक्रबार स्वास्थ्य मन्त्रालयले आयोजना गरेको कार्यक्रममा अंगदानको घोषणा गरेका हुन । मन्त्री ज्ञवालीसँगै उनकी पत्नी सरस्वती ज्ञवालीले पनि मृत्यु पश्चात अंगदान दिने घोषणा गरेकी छन ।

ज्ञवाली दम्पत्तीले मृत्यु पश्चात मिर्गौला मुटु फोक्सो कलेजो प्याङक्रियाज सानो आन्द्रा दान दिने मन्जुरिनाममा हस्ताक्षर गरेका छन । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा आयोजित कार्यक्रममा मन्त्री ज्ञवालीले आफूले दान गरेका अंगबाट एकजनाको जीवन जोखियो भने त्यो नै जीवनको सार्थकता हुने बताए ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय