दुबै मृगौला फेल बल्वीरले सवैमा गरे सहयोगको अपिल 

बाग्लुङ । दुबै मृगौला फेल भई उपचारत बाग्लुङ ताराखोला गाउँपालिका–१ का बल्वीर कामीले सहयोगको याचना गरेका छन । दुबै मृगौला फेल भई हाल निदान हस्पिटल (आरोग्य प्रतिष्ठान) ललितपुरमा उपचार गराइरहेका उनले उपचारका लागि आर्थिक सहयोगको याचना गरेका हुन ।

निदान हस्पिटल आरोग्य स्वास्थ्य प्रतिठानले दिएको रिपोर्ट अनुसार मृगौला प्रत्यारोपण नै उनको  जीवन रक्षाको अन्तिम विकल्प हो । नेपाल सरकारद्वारा विपन्न नागरिक उपचारको लागि सूचीकृत आरोग्य प्रतिष्ठानको शय्यामा लडिरहेका बल्वीरलाई मृगौला प्रत्यारोपणका लागि आर्थिक अभाव छ ।

उनले अपिल जारी गर्दै ‘तपाइँको सहयोग मेरो जीवन रक्षाका लागि अपरिहार्य र अमूल्य छ’ भनेका छन । उनलाई  सहयोगका गर्नका लागि छोरा चन्द्र बहादुर कामीको नेपाल बैंक लिमिटेड (बाग्लुङ शाखा) मा रहेको खाता नम्बर ०२२०१००६४०४६५६०००००१ मा सोझै रकम जम्मा गर्न सकिने छ, भने सहयोगका लागि मोबाईल नम्बर ९८६०१२४६४५ र ९८६४४७८५७४ मा सम्पर्क गर्न सकिनेछ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय