नयाँ व्यवस्थाले व्यावसायी मर्कामा परेको भन्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र

कपिलवस्तु । सामान ढुवानीमा भिसिटिएस सिस्टम र योगदानमा आधारित सामाजिक सुरक्षा ऐनका नियमहरु अव्यवहारिक भएको भन्दै चन्द्रौटा उद्योग वाणिज्य संघले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।  जिल्ला प्र्रशासन कार्यालय कपिलवस्तु मार्फत वुझाइएको उक्त ज्ञापन पत्रमा  सरकारले संचालन गरेको उक्त प्रावधानले व्यवसाय सञ्चालन गर्न नसक्ने अवस्था रहेको ठहरसहित माग सम्वोधन गर्न आग्रह गरेको छ ।

दक्ष जनशक्तिको अभावमा एक हजार भन्दा माथिको ज्याला भुक्तानी पानबाट गर्ने, सामाजिक सुरक्षा कोषको प्रावधानहरु अव्यवहारिक रहेको, ढुवानीमा लगाइएको मुल्य अभिवृद्धी कर खारेज हुनुपर्ने, उद्योगी व्यवसायीहरुलाई सुलभ दरमा बैंक व्याजदर हुनुपर्ने माग राखिएको छ  ।

सरकारका नयाँ नियमले व्यवसायहरु धरासायी बन्ने अवस्था रहेकोेले तुरुन्त यसलाई सच्याएर उद्योगी व्यवसायीको मागलाई सरकारले सम्वोधन गर्नुपर्ने चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष जमसेर मियाले वताए । जनशक्तिको अभाव भइरहेको अवस्थामा सरकारले झन्झटिलो नियम बनाएकोले ज्ञापन पत्रमार्फत सरकारको यसमा गम्भिर ध्यानकर्षण गराइएको छ ।

ज्ञापन पत्र बुझदै प्रमुख जिल्ला अधिकारी गजेन्द्र वहादुर श्रेष्ठले ज्ञापन पत्रलाई सम्बन्धित ठाउँमा पुर्याउने प्रतिवद्धता जनाउँदै जयज मागलाई सरकारले सम्बोधन गर्ने आश्वासन दिए ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय