१५ चैत २०८०, बिहीबार

प्रदेश १ बन्द : लालबाबु पण्डित र उमेश मैनालीको पुत्ला दहन 

झापा । नेपाल आदिवासी जनजाती महासंघले आह्वान गरेको प्रदेश नं १ बन्दले शनिबार बिहानैदेखि जनजीवन प्रभावित बनेको छ । सडकमा साधन फट्टफुट्ट मात्र चलेका छन भने बजार आंशिक खुलेका छन । संविधानले व्यवस्था गरेको लोकसेवा आयोगको आरक्षण कोटा कटौती गरेको भन्दै शुक्रबार महासंघ झापाले विर्तामोडमा पत्रकार सम्मेलन गरी बन्दको घोषणा गरेको थियो ।

लोकसेवा आयोगले स्थानीयतह र प्रदेशका लागि ९ हजार एकसय २६ जना निजामती कर्मचारीका लागि आह्वान गरेको विज्ञापनमा आरक्षण ४५ प्रतिशत हुनु पर्नेमा २३ प्रतिशत मात्र राखिएको प्रति महासंघले आपत्ति जनाउँदै प्रदेश बन्दको आह्वान गरेको हो ।

महासंघमा आवद्ध भएकाहरुले सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीको शुक्रबार बेलुका बिर्तामोडको मुक्तिचोकमा पुत्ला दहन गरेका थिए ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्