१६ चैत २०८०, शुक्रबार

कुलेश्वरमा किशोरीलाई बन्धक बनाएका भारतीय नागरिक पक्राउ

काठमान्डौं । किशोरीलाई बन्धक बनाएको आरोपमा एक भारतीय नागरिक शनिवार पक्राउ परेका छन । काठमाडौँ कुलेश्वर बस्ने भारत मोतीहारी घर भएका २३ वर्षीय प्रदीप कुमारलाई बन्धक बनाएको स्थानबाटै प्रहरीले पक्राउ गरेको हो ।

भक्तपुर सूर्यविनायक बस्ने रौतहटकी १७ वर्षीया किशोरीलाई प्रदीपले शुक्रबार दिउँसो ललाइफकाई, धम्क्याई जबर्जस्ती कुलेश्वरस्थित आफ्नो कोठामा ल्याई बन्धक बनाएको प्रहरीले जनाएको छ ।

उक्त सूचना प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखा टेकु तथा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले किशोरीलाई उद्धार गर्नुका साथै प्रदीपलाई पक्राउ गरेको हो । घटनाको विषयमा अनुसन्धान भइरहेको महाशाखाका प्रमुख सहकुल थापाले जानकारी दिए ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्