७ बैशाख २०८१, शुक्रबार

जीप पार्किङ गर्दा किचे आफ्नै छोरा

बाग्लुङ । बागलुङको काठेखोला गाउँपालिका १, मनाङडाँडामा शनिबार राति ८ बजे जीपले किच्दा ७ वर्षीय बालकको घटनास्थलमै मृत्यु भएको छ ।

ग १ ज ७१८१ नम्बरको जीपका चालक ससिलाल थापाले पार्किङ गर्ने क्रममा जीप ब्याक गर्दा थापाकै छोरा ७ वर्षीय सलिन थापा किचिन पुग्दा उनको मृत्यु भएको हो । राति घर नजिकै जीप पार्किङ गरेर राख्ने क्रममा अचानक बालकलाई किच्न पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

घटनाको विषयमा विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता प्रहरी नायब उपरीक्षक झपिन्द्रप्रसाद भट्टराईले जानकारी दिए ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्