इनारमा खसेर बालिकाको मृत्यु

दाङ । दाङमा ईनारमा खसेर एक बालिकाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–१८ निवासी १५ वर्षीय सम्झना बुढाको आफ्नै आँगनको इनारमा खसेर मृत्यु भएको हो । 

विहानै घाँस काट्न गएकी सम्झनाकी आमा बिमा बुढा घाँस लिएर घर आउदा सँगै सुतेकी छोरी नदेखेपछि खोज्ने क्रममा इनार भित्र मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा सूचना अधिकृत विनोद विक्रम शाहले जानकारी दिए । घटनाको थप अनुशन्धान भईरहेको प्रहरीले जनाएको छ । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय