७ बैशाख २०८१, शुक्रबार

मलेसियाबाटै नेपाली टोली सिंगापुरमा

काठमाडौं ।  टी–२० विश्वकप २०२० को एसिया छनोट खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली शनिबार सिंगापुर पुगेको छ । मलेसियासँगको टी–२० सिरजमा क्लिनस्विप गरेको नेपााली टोली टी–२० सिरिज र प्रशिक्षणपछि मलेसियाबाटै शनिबार सिंगापुर प्रस्थान गरेको हो ।

नेपालले पहिलो खेल २३ जुलाईमा कतार, २४ जुलाईमा मलेसिया, २७ मा कुवेत र २८ जुलाईमा सिंगापुरसँग खेल्नेछ । तुलानात्मक रूपमा कमजोर टोलीमाथि नेपाललाई सहज जितसँगै कीर्तिमान बनाउने राम्रो अवसर छ ।

२२ जुलाईदेखि २८ सम्म सिंगापुरमा चल्ने प्रतियोगिताको शीर्ष स्थानमा रहने टोलीले आगमी अक्टोबरमा हुने विश्वकपको ग्लोबल क्वालिफायर छनोट खेल्न पाउनेछ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्