७ वर्षपछि बन्यो मुस्ताङ कै पहिलो पक्की पुल

मुस्ताङ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका १  लुप्रा–पान्डा खोलामा निर्माणाधीन पक्की पुल ७ वर्षपछि सम्पन्न भएसंगै सञ्चालनमा आएको छ । विगत १ वर्षदेखि पुलमा माटो फिलिङ, इन्सपाइसन जोइन, एप्रोज सडक र एप्रोज स्लाब लगायतका १० प्रतिशत सक्न बाँकी काम सकिएपछि पुल निमार्ण कार्य सम्पन भएको हो ।

करिडोर सडक र मुस्ताङका जनप्रतिनिधिको दवावपछि निर्माण कम्पनीले पुलप्रति चाँसो देखाएको हो । खोलामा पुल नहुँदा बर्खायामको समयमा मुक्तिनाथ दर्शन गर्ने र उपल्लो मुस्ताङ जाने सवारी तथा यात्रुहरुलाई सास्ती हुने गरेको थियो । 

लुप्रा–पान्डा खोला पुलको काम सक्न ७ वर्ष बिते पनि यो मुस्ताङकै पहिलो पक्की पुल बनेको छ । भने, बारागुङकै अर्को उपल्लो मुस्ताङ जोड्ने छुसाङ पक्की पुल पनि अन्तिम चरणमा रहेकोे छ । 

भारतीय नाकाबन्दी र हिउँदयाममा काम गर्न अप्ठ्यारो हुने भएकाले पनि समय लम्बिएको कम्पनीका प्रतिनिधि सुदिप कार्कीले बताए । खोला बग्ने क्षेत्रको लम्बाई फराकिलो भएकाले थप २ वटा ढलान कल्र्बट र ग्याबिनले घेरेर थप १ सय ९० मिटर माटो फिलिङ गरिएको पुलको औसत लम्बाई ५० मिटर र चौडाई ७ मिटर रहको कार्कीले बताए।

ढिलै भए पनि पुल निर्माण भएपछि मुक्तिनाथ र उपल्लो मुस्ताङको अबदेखीको यात्रा भने सहज हुने विश्वास लिईएको छ । पुल नहुँदा यातुङ मेलामा जाने स्थानीय र मुक्तिनाथ जाने तिर्थालुले चर्को शुल्क तिरेर ट्याक्टरमार्फत खोलो वारपार गर्नुपर्ने बाध्यता अहिले हटेको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय