१६ चैत २०८०, शुक्रबार

अर्लाङकोटका विजयको उपचारमा आर्थिक सहयोगको अपिल

गुल्मी । जिल्लाको मुसिकोट नगरपालिका ९ अर्लाङकोटका बिजय वि.क.को उपचारका लागि लक्जम्बरमा आर्थिक संकलन अभियान थालिएको छ । धन बहादुर विकका २८ वर्षीय विकको उपचारमा ठुलो रकम खर्च हुने भएपछि परिवारले सहयोगको अपिल गरेको हो ।

घुँडामा करिब डेढ बर्षदेखीको समस्या बढ्दै गएपछि उनको अहिले भारतमा उपचार हुँदै छ । कमजोर आर्थिक अवस्थाका कारण परिवारले सहयोगको अपिल गरेपछि लक्जम्बरमा ज्ञानेश्वर सापकोटाको संयोजकत्वमा सहयोग संकलन अभियान थालिएको हो । घुँडाको समस्याका कारण उनी कतै हिडडुल गर्न सक्दैनन ।

रामकृष्ण कंडेलको सहयोगमा ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्