सँगैसुतेका प्रेमी वाथरूममा झुन्डिएपछि ...

दाङ । सँगैसुतेका प्रेमी मृत फेला परेपछि प्रमिकाविरुद्द तुलसीपुरमा कर्तव्य ज्यानसम्बन्धि मुद्दा दर्ता भएको छ । बाँकेको कोहलपुर नगरपालिका २ बस्ने २९ वर्षीय रमेश हमाल होटेलको कोठाभित्र झुण्डिएको अवस्थामा भेटिएपछि पूर्वी रुकुम घर भएकी हमालकी प्रेमिका बिमला बिकविरुद्द किटानी जाहेरी परेको हो ।

आरोपीविरुद्द मृतककी श्रीमती अञ्जु बास्तोलाले आइतबार इलाका प्रहरी कार्यालय तुलसीपुरमा कर्तव्य ज्यानसम्बन्धि मुद्दा दर्ता गरेकी हुन । युवतीलाई आइतबार नै १० दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

‘राति ढ्वाक्क आवाज आयो, हेर्दा त बाथरुमको भेन्टीलेटरमा झुण्डिएको अवस्थामा देखें’ युवतीको भनाई उदृत गर्दै प्रहरी नायब उपरिक्षक प्रेम  बहादुर शाहीले भने । नायब उपरिक्षक शाहीले वास्तविकता भने पोस्टमार्टमको रिपोर्ट आएपछि मात्रै भन्न सकिने बताएको खबर आजको राजधानी दैनिकमा छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय