खोजीनिती नै हुँदैनन ऐतिहासिक दस्तावेज : कहाँ छ सुगौली सन्धि ?

फाइल फाेटाे

बुटवल । सन १८१५ को सुगौली सन्धि, सन १९५० को शान्ति तथा मैत्री सन्धि र विभिन्न कालखण्डका नेपालका नक्साहरू कहाँ होलान ? सरकारको कुनै अभिलेखालयमा सुरक्षित हुनुपर्छ भन्ने हामी लख काटेर बसेका छौं  । तर, यस्ता ऐतिहासिक दस्तावेज छरपस्ट, अव्यस्थित र खोजीनिती नै नभएको अवस्थामा छ  । 

ऐतिहासिक तथा राष्ट्रिय महत्वका अभिलेखहरू कुन, कहाँ छन भन्ने प्रस्ट जानकारी दिने निकाय सरकारले अहिलेसम्म बनाएको छैन  । राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले गरेको अध्ययनले यस्तो तथ्य बाहिर ल्याएको हो  । 

टोली बनाएर यसबारे अध्ययन गरेपछि समितिले ऐतिहासिक महत्वका दस्तावेजको खोजी, संरक्षण र व्यवस्थित गर्न सरकारको ध्यान नै नपुगेको निष्कर्ष निकालेको छ । ‘हामी अध्ययनका लागि गएका ठाउँहरूमा सुगौली सन्धि, १९५० को सन्धि र ग्रेटर नेपालको नक्सा फेला परेन,’ समिति सभापति रामनारायण विडारीले कान्तिपुरलाई भने, ‘सरकारले ती ऐतिहासिक दस्तावेजहरू कहाँ राखेको छ, हामी सोध्दै छौं  ।’ 

राष्ट्रिय सरोकारका महत्वपूर्ण दस्तावेज व्यवस्थित र सुरक्षित अवस्थामा हुनुपर्नेमा नभेटिनु शंकास्पद रहेको उनले बताए । यो समाचार आजको कान्तिपुर दैनिकमा दिनेश रेग्मीले लेखेका छन ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय