७ बैशाख २०८१, शुक्रबार

साउनमा ब्रत : के कसरी र किन खाने, कस्ता व्यक्ति व्रत नबस्ने ? 

साउन महिनाभर ब्रत बस्ने चलन छ । अझ साउनको सोमबार त ब्रतालुका निम्ति विशेष दिन । यस दिन भगवान शिवको पूजाआजा गरी ब्रत बस्ने चलन छ ।

त्यसो त ब्रत बस्नुको धेरै फाइदा छ, धार्मिक हिसाबले, शारीरिक हिसाबले, मानसिक हिसाबले । बेला–बेला पाचन यन्त्रलाई विश्राम दिनु स्वास्थ्यका लागि लाभदायक मानिन्छ । आहार विशेषज्ञका अनुसार हप्तामा एक पटक व्रत वस्नुको अनेक लाभ छ । यद्यपी अक्सर व्रतका क्रममा खाद्य पदार्थको उचित चयन वा उपयोग भएको हुँदैन ।

व्रतको दिन अत्याधिक पानी पिउने, धेरै परिश्रम हुने काम नगर्ने, मध्यान्ह खानेकुरा सेवन गरेपनि राती त्यसको मात्रा कम गर्ने, विश्राम गर्ने, कागती एवं मह मिश्रति पानी पिउने, यो समयमा अनावश्यक पदार्थ कोलेस्ट्रोलको रुपमा शरीर बाहिर निस्कने भएकोले कोलेस्ट्रोल नियन्त्रण गर्नका लागि अतिरिक्त पानी पिउनुका साथै मौसमी फल वा फलको जुस पिउने गर्नु उत्तम हुन्छ ।

ब्रतले शरीरको पाचन प्रक्रियामा आरम मिल्छ । साथै शरीरको मेटाबोलिक (खानालाई इनर्जीमा परिणत गर्ने) क्षमतामा वृद्धि गर्न मद्धत गर्छ । यद्यपी, व्रत बस्दा हामी सबैले विशेष कुराहरुमा ध्यान दिनु अत्यावश्यक छ । अन्यथा यसको नकारात्मक प्रभावका कारण शरीरमा विभिन्न समस्या उत्पन्न हुने गर्दछ । यसबाट बच्नको लागि यी कुरामा ध्यान दिनु जरुरी छ ।

व्रतको बेला शरीरमा पानीको कमी हुनसक्ने भएकोले अधिक पानीको सेवन गर्न जरुरी हुन्छ । प्रतिदिन कम्तीमा ६ देखि ८ गिलास पानीको सेवन गर्नु स्वास्थ्यका दृष्टिकोणले समेत फाइदाजनक मानिन्छ । खानामा अंगुर, लिच्ची, खरबुजा, काक्रोलगायतका फलफुललाई समावेश गर्नुहोस जसले तपाईको शरीरमा पानीको मात्रालाई बढाउन सकोस ।

केही घण्टाको फरकमा पानी तथा फलफुलको सेवन गर्नुहोस । अन्यथा खाली पेटका कारण शरीरमा एसिडिटीको समस्या उत्पन्न हुने गर्दछ । त्यसैले आफ्नो खानामा उच्च कार्बोहाइड्रेटयुक्त खाना जस्तै आलु, सावुदाना लगायतको प्रयोग गर्नु निकै उपर्युक्त मानिन्छ । त्यसबाहेक, काजु, किसमिट, पेस्तालगायतका ड्राइ फु्रटको मनग्य सेवन गर्न सकिन्छ । यसले शरीरमा तागत प्रदान गर्नुका साथै तपाईलाई थकान महसुस हुन दिँदैन ।

यस्तै विहानको समयमा दूधको साथमा कुनै पनि फलफुलको सेवन गर्न सकिन्छ । त्यसबाहेक दूधको साथमा भिजाएको बदाम खान पनि उत्तम मानिन्छ । दिउँसोको समयमा सावुदाना, सेवाईको साथै आलुको परिकार, रोटी तथा पुरी समेत खान सकिन्छ ।

त्यस्तै, साँझको समयमा ग्रीन टी, तथा मेवालाई तपाई आफ्नो खानामा संलग्न गर्न सक्नुहुन्छ । त्यसबाहेक, चियासित मखाना, काजु पनि सेवन गर्नु सक्नुहुन्छ । यसले तपाईको शरीरमा तागत प्रदान गर्दछ ।

व्रत बसेको समयमा धेरै चिल्लो, पिरो तथा तारेको खानु स्वास्थ्यका लागि हानीकारक हुनक्छ । यसले शरीरमा कैलोरीको मात्रा बढाउने गर्छ । त्यसैले, कुनै पनि मानिसले व्रत बस्दा प्रोटीन, फैट कार्वोहाइडे्रट, भिटामिन, मिनरल्सयुक्त खानेकुराका साथमा पौष्टिक खानेकुराकोे सेवन गर्नु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।

मैदा तथा आलुको प्रयोग सकेसम्म कम गरौ । व्रतका कारण शरीरलाई सुस्त हुन नदिन पनीर, क्रीमयुक्त दूधको सेवन कम गरौ । बरु यसको सट्टा ताजा फलफुल तथा जुसको सेवन गर्नु उपर्युक्त हुन्छ ।

मधुमेह तथा उच्च रक्तचाप रहाइपरटेण्सन भएका, भर्खर अपरेशन गरेकाहरुले, रगतको कमी भएमा अथवा रगत सम्बन्धि समस्या देखिएमा, मुटु, कलेजो, फोक्सो तथा किड्नी सम्बन्धी रोगीहरु र गर्भवती महिला ब्रत बस्नु हुँदैन ।

अनलाईन खबरबाट

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्