आलू, कफी, माछा र बियरबिना संसार कस्तो होला ?

कुनै समय हामीले आफूलाई मिठो लाग्ने कुरालाई सदाका लागि बिदा दिनुपर्ने हुनसक्छ त्यो पनि जलवायु परिवर्तनका कारण । तापक्रम र मौसम चक्रमा आइरहेको परिवर्तनका कारण खेतीपाती गर्न मुश्किल हुनसक्छ । साथै, माछा र जनावरको पनि मृत्यु हुनसक्छ । भविष्यमा कुन–कुन कुरा तपाईंको प्लेटबाट गायब हुनसक्छ र यसले कस्ता परिणाम निम्त्याउन सक्छन, त्यसबारे जानकारी लिऔं ।

कफी र चिया

बिहान उठ्ने बित्तिकै चिया वा कफीको चुस्कीले आफ्नो दिनको सुरुवात गर्न चाहनेहरुका लागि यो खबर अप्रिय होला । ग्लोबल वार्मिङका कारण सन २०५० सम्म स्थिती यस्तो हुनेछ कि जुन जमिन कफी फलाउनका लागि उपयुक्त मानिन्छ, त्यो आजको तुलनामा आधा मात्र बाँकी हुनेछ । यतिमात्र होइन, सन २०८० सम्म कफीका विभिन्न जंगली प्रजाति एकैसाथ लोप हुनेछन ।

तन्जानिया यतिबेला कफीको मुख्य निर्यातकर्तामध्ये एक हो । पछिल्लो ५० वर्षमा यहाँ कफीको उत्पादन घटेर आधा भएको छ । यो पढिसकेपछि अब कफी होइन, चिया पिउन सुरु गर्नुपर्यो भनेर सोच्नुभएको छ भने भारतीय वैज्ञानिकले तपाईंका लागि नराम्रो खबर लिएर आएका छन ।

चियाको बगानले मनसुनबाट पोषण पाउँछ तर पछिल्लो केही समयदेखि यसको बढ्दो तीब्रताको असर चियाको स्वादमा पनि परेको छ । अब भविष्यमा  आफूलाई बेस्वादको पानी जस्तो चिया पिउनका लागि तयार पार्नुहोस ।

चकलेट

चकलेट पनि ग्लोबल वार्मिङबाट प्रभावित हुने चीजमा संलग्न छ । कोकोआको बीनलाई अत्यधिक तापक्रम र पर्याप्त चिस्यानको आवश्यकता पर्छ । तर त्योभन्दा पनि बढी त्यसलाई स्थिरताको आवश्यकता हुन्छ । कोकोआका त्यति नै माग छ जति कफीको छ । तर तापक्रम, वर्षा, माटोको गुणवत्ता, घाम वा हावाको गतीले यसलाई प्रभावित पार्ने गर्छ । 

इन्डोनेशिया र अफ्रिकाका कोकोआका उत्पादकहरुले अब रबरको रुख उमार्न सुरु गरेका छन । अबको ४० वर्षमा घाना र आइभोरी कोस्टको तापक्रम औसतमा २ डिग्री बढ्ने अनुमान छ । यही दुई देश हुन जसले संसारमा कोकोआको दुई तिहाई माग पूरा गर्छन । स्पष्ट छ, सायदै भविष्यमा चकलेट सस्तोमा  पाइनेछन ।

माछा र चिप्स

माछाका आकार सानो हुँदै गइरहेको छ किनभने समुद्रको तापक्रम धेरै हुँदा त्यसमा अक्सिजनको मात्रा घटिरहेको छ । अत्याधिक कार्बन डाइअक्साइड सोसेका कारण महासागरको पानी धेरै एसिडिक भइरहेको छ अर्थात, शेलफिसजस्ता खोलभित्र भएका जीवका लागि समस्या निम्तिने छ ।

यसको प्रत्यक्ष असर पनि उपलब्ध छ । संसारभरी समातिने माछाको मात्रामा पाँच प्रतिशतको कमी आएको छ । जो मानिसहरु उत्तरी महासागरमा माछा समात्छन, उनीहरु पहिलेको तुलनामा एक तिहाई कम माछा समात्न सफल भइरहेका छन ।

आलूको मामला के हो ?

आलु जमिन भित्र फल्छन तर ती पनि खडेरीले प्रभावित भइरहेका छन । बेलायती मिडियाका अनसार ब्रिटेनमा सन २०१८ मा बढेको तापक्रमका कारण आलुको उत्पादन एक चौथाई घटेको थियो जबकी हरेक आलु औसतमा तीन सेन्टिमिटर सानो भएको थियो ।

कोन्याक, ह्विस्की र बियर

दक्षिण–पश्चिम फ्रान्समा ६ सय वर्ष पुरानो कोन्याक (एक प्रकारको ब्रान्डी) उद्योग संकटसँग जुधिरहेको छ । बढ्दो तापक्रमका कारण त्यहाँका चर्चित अंगुरको मिठास निकै बढेको छ जसका कारण ब्रान्डी बनाउन समस्या भइरहेको छ ।

त्यसकारण उत्पादक कम्पनी अब यसको विकल्पमाथि विचार गरिरहेको छ । हरेक वर्ष यो समस्या समाधानका लागि लाखौं युरो अनुसन्धानमा खर्च गरिन्छ तर अहिलेसम्म यसमा केही सफलता पाउन सकिएको छैन ।

यस्तै उत्तरमा, स्कटल्याण्डको चर्चित ह्विस्की बनाउन पनि यस्तै समस्या भइरहेको छ । ह्विस्की बनाउनेहरु तनावमा छन । ग्लोबल वार्मिङका कारण खडेरी निम्तिँदा उनीहरुले ताजा पानी पाइरहेका छैनन । 

पछिल्ला गर्मीमा विभिन्न ह्विस्की बनाउने कारखाना बन्द गर्नु परेको थियो । मौसमविद्ले मौसम लगातार कठोर भइरहेको चेतावनी दिएका थिए । युके र आयरल्याण्डमा अब हरेक आठ वर्षमा प्रचण्ड गर्मी हुने आशंका छ र अन्य देशको स्थिती पनि योभन्दा फरक छैन । बियर बनाउनेहरुले पनि यस्तै समस्या झेलिरहेका छन् । चेक रिपब्लिक र अमेरिकी बियर उत्पादकहरु पानीको कमी र खडेरीका कारण अन्नको कम उत्पादनले प्रभावित भइरहेका छन ।

के तपाईं चिन्तित हुनु पर्दैन ?

तपाईंले सोचिरहनुभएको होला, माथि जे जति भनिएको छ, त्यससँग मेरो कुनै सम्बन्ध छैन । तर सोच्नुहोस त जसरी पूरा दुनियाँमा अचानक यस्तो परिवर्तन आइरहेको छ, त्यसले कसरी हजारौं व्यक्तिको गुजारामा संकट निम्त्याउने छ ।

यो पनि सोच्नुहोस कि अन्नबालीको कम उत्पादनका कारण जब मूल्य आकासिन्छ तब त्यसले कसलाई प्रभावित पार्छ । खानीको कमी भयो भने मानवीय संकट निम्तिनेछ र त्यसले राजनीतिक अस्थिरता पनि पैदा हुनेछ । यो बुझ्नुहोस कि यो तपाईंको चियाको कप वा ह्विस्कीको कपको मात्रै कुरा हो ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय