१६ चैत २०८०, शुक्रबार

गुल्मीका तीन खेलाडी सम्मानित

गुल्मी । प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले प्रदेशका विभिन्न विधाका उत्कृष्ठ खेलाडी तथा प्रशिक्षकहरूलाई सम्मान गरेको छ । आइटिएफ, तेक्वान्दो, क्रिकेट, कराँतेलगायतका खेलकुद विधाका तीन खेलाडीलाई सम्मान गरिएको हो ।

आईटिएफ तेक्वान्दो विधामा चन्द्रकोट गाँउपालिका १ दिव्रुङका नवराज खरेल र रूरू गाँउपालिका ४ बलेटक्सारका भुवन श्रेष्ठ र क्रिकेटतर्फ सत्यवति गाँउपालिका जुहाङ्गका सागर ढकाल सम्मानित भएका हुन । खरेल विगत १५ बर्षदेखि राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा हुने खेदकुद प्रतियोगितामा सहभागी हुँदै आएका छन । उनी आगामी भदौ ८ देखि १४ सम्म बुल्गेरियामा हुने विश्व च्याम्पियन सिपमा नेपालको तर्फबाट सहभागी हुँदैछन ।

खरेलले गुल्मीमा २०६६ देखि ०७० सम्म पाँच बर्ष तेक्वान्दो खेलको प्रशिक्षकको भुमिका निर्वाह गरेका थिए । हाल उनी ५ नम्बर प्रदेशको प्रादेशिक तेक्वान्दो संघका महासचिव तथा रूपन्देही जिल्ला प्रमुखको रूपमा कार्यरत छन ।

तेक्वान्दो तर्फबाटै पुरस्कृत हुने श्रेष्ठले गत वैशाखमा सम्पन्न मुख्यमन्त्री कपमा स्वर्ण पदक जितेका थिए । उनी विगत पाँच बर्षदेखि खेलकुद क्षेत्रमा संग्लग्न छन ।

त्यस्तै क्रिकेट खेलतर्फबाट सम्मानित हुने ढकाल पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलकुदमा सहभागी हुने गर्दछन । यहि असारमा मलेसियामा भएको क्रिकेट खेलमा पनि सहभागिता जनाउनुका साथै वंगलादेश, भारतलगायतका देशमा भएका क्रिकेट खेलमा सहभागी हुँदै आएका छन ।

खेलाडीहरूलाई प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले नगद २५ हजारसहित प्रशंसा पत्रले सम्मान गरे ।

तिलाचन पाण्डेको सहयोगमा

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्