८ बैशाख २०८१, शनिबार

सुशीलले बनाए क्वाटरफाइलमा स्थान

काठमाडौं । नेपालका सुशील थापा पाकिस्तानी खेलाडी इर्दलाई पराजित गर्दै थाइल्यान्डमा जारी खुला अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगिता क्वाटरफाइनलमा प्रवेश गरेका छन ।

सुशीलले ४९ केजी लाइट फ्लाइट तौलमा पाकिस्तानी मुक्केवाज इर्द उल्लाइलाई दोस्रो राउन्डको दोस्रो मिनेटमा आरएससी ९रेफ्री स्टप कन्टेस्ट० को आधारमा हराउँदै क्वाटरफाइनलमा स्थान बनाएका हुन ।

सुशीलले दोस्रो राउन्डको पहिलो मिनेटमा उल्लाहलाई ढालेपछि काउन्टमा परेका थिए । लगातार उत्कृष्ट मुक्का प्रहार गरेका सुशीलले इर्दलाई एकै राउन्डमा तीनपटक काउन्टको धरापमा पारेका थिए । 

अन्तर्राष्ट्रिय बक्सिङ संघको नियमअनुसार एउटै राउन्टमा तीनपटक काउन्ट पाएपछि खेलाडीले धेरै मार खानु नपरोस भनी रेफ्रीले खेल रोक्दै विपक्षलाई विजयी गराउने नियम छ । नेपालमा हुने १३औं सागको तयारीका लागि नेपाल बक्सिङ संघले बिगत दुई सातादेखि सात महिला र १० पुरुषलाई थाइल्यान्डमा वैदेशिक प्रशिक्षणमा राखेका छन । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्