गुल्मी पहिरो : मुत्यु हुनेको संख्या १० पुग्यो

गुल्मी । गुल्मीमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १० पुगेको छ । जिल्लाको सत्यवती गाउँपालिका ३ ठुलोलुम्पेक र वडा नम्बर ४ लिम्घामा पहिरो जाँदा १० जनाको ज्यान गएको हो । तीन जना अझै बेपत्ता छन ।

पहिरोमा पुरिएर वडा नम्वर ४ स्थित भिरकुनामा ८ जनाको मृत्यु भएको छ भने वडा नं ३ ठुलोलुम्पेकमा २ जनाको मृत्यु भएको हो । वेपत्ता हुनेमा वडा नं ४ मा १ जना र ३ को ठुलोलुम्पेकमा २ जना रहेका छन् । 

गएराती गएको पहिरोले सत्यवती गाउँपालिमा ५ घर पुरिएको छ भने दर्जनौ घरमा क्षती पुगेको छ ।सत्यवति गाउँपालिका ४ लिम्घा भिरकुनाका तीन घर पहिरोमा पुरिएको वडाध्यक्ष दान बहादुर रानाले धरातललाई बताए । दुई सय मिटर माथीबाट आएको पहिरोले ढाल बहादुर विक, छलि विक र पम्फा विकको घर पुरेको छ । 

त्यस्तै सत्यवति गाउँपालिका ३ ठुलोलुम्पेकमा पहिरो जाँदा आमा छोराको ज्यान गएको वडाध्यक्ष रुक बहादुर रानाले बताए । १० वर्षीय करिष्मा तरामु र १३ वर्षीय धनी तरामु घाइते भएको प्रहरीले जनाएको छ । अन्य तीन जना बेपत्ता छन ।

मृतकको नामावली 

राति घरमा सुतीरहेको अवस्था माथिबाट आएको पहिरोले तीन घर बगाएर करिब ५० मिटर तल पु¥याएको गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले धरातललाई बताए ।

घाईतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भैरहेको प्रहरीले जनाएको छ । पहिरोमा परी अन्य पशु चौपाँया समेत मरेका छन् । क्षतीको विवरण यकिन हुन सकेको छैन । उद्धारका लागि सुरक्षा निकायको टोली र स्थानीय घटनास्थलमा खटिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए ।

यो पनि

गुल्मीमा पहिरोमा पुरिएर ६ जनाको मृत्यु, ५ बेपत्ता 

 

परराष्ट्रमन्त्री ज्ञवालीद्धारा दुस्ख व्यक्त, उद्धारमा जुटन आग्रह 

 

गुल्मी पहिरो : यसरी हुँदै छ उद्धार (फोटोफिचर)

 

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय