उत्तरगंगा नदीले बगाउँदा एकको मृत्यु, एक बेपत्ता 

बागलुङ । जिल्लाको ढोरपाटन नगरपालिका ९ स्थित उत्तरगंगा नदीले बगाउँदा एकको मृत्यु भएको भने एक बेपत्ता भएका छन् । स्थानिय हर्कमान बिकका ५४ बर्षिय छोरा नर बहादुर बिक र पाण्डे बिकका अन्दाजी २२ बर्षिय छोरा सेते बिकलाई नदीले बगाएको हो ।

आज दिउँसो करिब ३ बजेको समयमा नवीगाउँदेखि स्यालपाखे घर जाने क्रममा उनिहरुलाइ नदीले बगाएको प्रहरी चौकी ढोरपाटनका असइ शिवराज सुवेदीले बताए । खोला तर्ने क्रममा उनीहरुलाई नदीले बगाएको प्रहरीले जानकारी दिएको छ । दुइ मध्य नर बहादुरको शव बगाएको ठाउँदेखी करिब ३ सय मिटर तल स्थानियले मृत अबस्थामा फेला पारेका छन् भने सेतेको खोजि भइरहेको सुबेदीले जानकारी दिए । 

ढोरपाटनस्थित नेपाली सेनाको टोली, प्रहरी, स्थानियलगायतले उनको खोजी गरिरहेका छन । सो क्षेत्रमा आज बिहानैदेखि मुसलधारे पानि परिरहेको स्थानिय धन बहादुर बिकले बताए । उक्त स्थानमा नदी तर्नका लागि पुल छैन् । पुल नहुँदा स्थानीयले जोखिम मोल्दै आएका छन । पटक पटक पुल बनाउन माग गर्दा समेत सुनुवाइ नभएको स्थानिय प्रेम बहादुर बिकले बताए ।

हेम विश्वकर्माको सहयोगमा
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय