८ बैशाख २०८१, शनिबार

छोरीको दु:ख, आफ्नै आमासँग साटेकी छु : गायिका मञ्जु 

गुल्मी । संगीत भित्र एउटा यस्तो कल्पना हुन्छ, जसले कसै न कसैको मन छुन्छ । गीत, संगीत लेख्ने र गाउनेलाई परेर पनि गाइदैनन्, लेखिदैनन् । संगीत एउटा मनोरञ्जनको पाटो मात्रै पनि होइन् । फेरि संगीतबाट मनोरञ्जन नै हुदैन् भन्ने पनि हुँदैन् । हामी सबैले दिनमा खाली कुनै न कुनै बेला संगीत मुखबाट गुनगुनाउने गरिन्छ । पक्कै पनि यसले भित्री मन छोएको हुन्छ । 

सबै गीतहरु मनोरञ्जनका मात्रै हुन्छन् भन्ने हुँदैन् । कतिपय गीतले मनोरञ्जनसँगै सन्देश पनि बोकेका हुन्छन् । गीतले समाजको यथार्थ कथा बस्तुहरु पनि चित्रण गरेका हुन्छन् । यही सेरोफेरोमा रहेर गायिका मञ्जु पौडेलको तीज गीत सार्बजनिक भएको छ ।

गायिका पौडेलले नारी भावलाई समेटेर तयार पारिएको ‘नाच्छु घुमेर’ बोलको गीत सार्बजनिक गरेकी हुन् । उनले सार्वजनिक गरेको गीतमा खासगरी तिजमा गाइने गीतसँगै उनले आफनै आमालाई एउटा कथाको जिम्मेवारीमा राखेर छोरीले पाएको दु:खलाई समावेश गरेकी छन । एउटी छोरी कुनै बाध्यता परिस्थितिमा प्रदेशिएको र तिज पर्वमा घरमा आएको कथा बस्तु गीतमा समावेश छ । 
     
गीतको सुरुवातमै छोरीलाई कुरी रहेकी आमा र तीजको बेला छोरी आएको देख्न सकिन्छ । घरमा रहेकी आमाको मुख्य भूमिकामा उनले स्वय आफनै आमालाई र भाउजू अनुशा पौडेललाई देख्न सकिन्छ । आमाको सम्मान र गीतको एउटा कथामा छोरीले आमालाई गरेको आदर सम्मानलाई पनि समावेश अनुसार गीतमा आमालाई राखेको गायिका पौडेलले बताइन् । 

प्रदेशबाट फर्केकी छोरीले आधा उमेरसम्म काम भन्दै पाएको दुख सुनाउदै नाचेको विषयवस्तुले गीतलाई फरकपन दिएको छ । गीतले एउटा तीजको पर्वसँगै कथा बस्तु पनि बोकेको गायिका पौडेलले बताइन् । छोरी दुःख कष्ट सहेर सम्पन्नशाली बनेको र आफ्नी आमासँग गीतको बेला सुखदुख साटासाट गरेको गीतमा पाउन सकिने गायिका पौडेलले बताइन् ।

हिन्दु महिलाहरुको महान पर्व तिज आउन महिना बढि समय बाँकी छ । उनको यो गीत अहिले सबत्र चर्चामा छ ।  तिज गीत एउटा नारी बेदना, नारी भावको एउटा कथा हो । आफुले भोगेका तितामिठा अनुभवलाई समेटेर तिज गीत गाउँने प्रचलन पहिले देखि रहि आएको छ । 

यो वर्षका मौलीकलतालाई ख्याल राखेर नारीका बेदनाले भरिएका गीत बजारमा आएका छन  । पछिल्लो केहि वर्ष यता गायिका पौडेलले सार्बजनिक गर्ने गीतमा मौलिकता झल्कन्छ ।  तीजको बेला दिदी बहिनीहरु जम्माभएर आफना मन भित्रका पिडा पोखेर गाउँने तिजका गीतहरुलाई आफनो गीतमा समाबेश गरिएको उनको भनाई छ ।

गायिका पौडेलको एकल स्वर रहेको गीतमा दिग्गज धौरालीको शब्द र अर्जुन पोखरेलको सङ्गीत  रहेको छ ।  गीत बि एम एस फिल्म्सले बजारमा ल्याएको छ । गीतमा मञ्जु, अनुशा र मञ्जु पौडेलकी आमालाई देख्न सकिन्छ ।     
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्