७ बैशाख २०८१, शुक्रबार

साउनमा हरियो चुरा : फेसन बन्यो संस्कृती, तिउरीको ठाउँ लियो मेहन्दीले

बुटवल । हरेक वर्ष साउनमा हरियो चुरा र मेहन्दी लगाउने महिलाको संख्या बढिरहेको छ । यसले नेपाली युवतीदेखि व्ययस्क सवैलाई छोएको छ । अहिलेका युवतीहरुका लागि यो संस्कृती फेसन जस्तै बनेको छ । साउन लागेसँगै यति बेला बजारमा हरियो चुरापोते र मेहन्दी लगाउने महिलाहरुको चापश्रृंगार पसलहरुदेखि सडक पेटीमासमेत देख्न सकिन्छ । मेहन्दी र चुरा पोतेको काम गर्ने व्यवसायीलाई भ्याइनभ्याइ छ ।

धर्म संस्कृति मान्ने पाका महिलामा मात्र सीमित नरहेको मेहन्दी र चुरा अचेल सबैजसो महिला र युवतीका लागि फेसन जस्तो भएको छ । आफुलाई सुन्दर हुन कै हरियो चुरा र मेहन्दीमा सजिने युवतीहरु बताउँछन । श्रीमानको लामो आयु र सुस्वास्थ्यको कामना गर्दै व्रत पनि बसेको बुटवलको एक पार्लरमा मेहन्दी र हरियो चुरा लगाउँदै गरेकी अर्घाखाँचीकी अनिशा बेल्वासेले बताईन । मिलनचोकमा पार्लर सञ्चालन गरिरहेकी सुष्मा मगरले आफूलाई मन पर्ने रहत्केलामा लगाएको मेहन्दीको रङ गाढा बसेमा औधी माया गर्ने श्रीमान पाइन्छ भन्ने मान्यता भएकाले मेहन्दी लगाएको बताईन ।

अहिलेको पुस्तामा फेसनको रूपमा विकास भएको यो चलनलाई संस्कृतिको रूपमा लैजान सकेको खण्डमा राम्रो हुने विज्ञहरु बताउँछन । यो समय किशोरी वा युवतीहरूले आफूलाई हरियो चुरा र मेहन्दीमा सजाउने ‘लोकप्रिय संस्कृति’ का रूपमा परिचित भएको छ ।

पहिले गाउँघरमा मेहन्दी पाइँदैनथ्यो, महिलाले तिउरे फूलको पात हत्केलामा दल्थे । अचेल गाउँतिरको तिउरेको ठाउँ मेहन्दीले लिएको छ । साउन महिनामा अरुले हरियो चुरा र मेहन्दी लगाएको देखेर होस या  थाहा नभएरै जे होस संस्कृतिको संरक्षण भनै कि साउने चलन निरन्तर चलिरहेकै छ ।

पौराणिक मान्यता अनुसार साउन महिना देवताका पनि देवता शिवको महिनाका रूपमा लिइन्छ । पार्वतीले साउन महिनाभरि निराहर रही कठोर व्रत बसेर भगवान शिवलाई प्राप्त गरेको हुनाले महिलाहरू यसलाई बढी महत्वको रूपमा लिने गर्छन ।

साउनमा हरियो, पहेँलो र रातो चुरापोते एवं कपडा लगाउनुको पनि आफ्नै अर्थ भएको संस्कृतिविद् बताउँछन । संस्कृतिविद् लाक्षीले हरियोलाई प्रेम र वातावरण, रातोलाई सौभाग्य एवं पहेँलोलाई पवित्रताको प्रतीकका रूपमा लिइने बताए । उनले साउनमा हरियो, पहेँलो र रातो सम्मिश्रण गरी लगाउने चलन बसेको बताए ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्