गण्डकी प्रदेश : प्रदेशसभा सदस्यलाई सुनको लोगो

पोखरा । गण्डकी प्रदेशका सदस्यलाई प्रदेश सभाले सुनको लोगो उपलब्ध गराएको छ । सुन जडित सो लोगो चीनबाट ल्याइएको हो । यस अगाडि प्रदान गरिएको लोगोभन्दा अहिलेको लोगो ३३ गुणा महँगो छ । लोगोको डिजाइन पुरानै भएपनि धातुका रुपमा चाँदी र बाहिरी कक्षमा सुन लेपन गरिएको छ ।

यसअघिको लोगोको मूल्य १९५ रुपियाँ मात्र थियो । नयाँ लोकोको मल्य ६ हजार ५०० छ । लोगोभित्र प्रयोग गरिएको धानको बाला सुनको रहेको छ ।लोगो तथा सिफारिस समितिले गत साल गण्डकी प्रदेशको लागो सार्वजनिक गरेको थियो । सोही डिजाईनलाई चाँदीको धातु र बाहिरी कक्षमा सुनको घेरो बनाएर लोगो तयार गरिएको हो । गोखरखापत्र दैनिकमा रमेश पौडेलले समाचार  लेखेका छन ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय