मेहन्दीका फाईदा !

मेहन्दी (तिउरी) महिलाहरुको सुन्दरतामा नभई नहुने चिज जस्तै हो । बिवाह वा कुनै बिशेष चाडपर्वहरुमा मेहन्दी लगाएर महिलाहरु सुन्दर देखिने प्रयास गर्छन । मेहन्दीको प्रयोग लामो समयदेखि प्रयोगमा आईरहेको विश्वास मानिन्छ । मेहन्दी लगाउँने भनेपछि प्राय महिला तथा युवती भुतुक्क हुन्छन । त्यसमाथि साउन महिनामा त झन नेपाली परम्परामा यसको विशेष महत्व हुने गर्छ । यसलाई सुन्दरताको दृष्टीकोणले मात्र राम्रो मानिन्दैन यसको प्रयोगका अनेक फाईदाहरु पनि छन ।

रगत सफा गर्छ 

मेहन्दीलाई रगत सफा गर्ने औषधीको रुपमा पनि प्रयोग गर्न सकिन्छ । मेहन्दीको पातलाई रातीको समयमा पानीमा भिजाएर भोली उक्त पानी पिउँदा लाभ हुने गर्छ ।

घुँडा तथा जोर्नीको दुखाई कम 

यदि कसैलाई घुँडा तथा जोर्नीको दुखाई छ भने मेहन्दी र अरडको पात बराबर मिसाई पिसेर हल्का तातो बनाएर लगाउँदा पनि लाभ मिल्ने गर्छ ।

टाउको दुखाई तथा माईग्रेन 

टाउको दुखाई तथा माईग्रेनको समस्या छ भने मेहन्दी सर्वोत्तम उपाय हो । मेहन्दीको पत्तालाई पिसेर टाउकोमा लगाउँदा पनि फाईदा मिल्छ ।

आगोले पोलेमा 

आगोले शरिरका कुनै अंग पोलेको छ भने त्यहाँ मेहन्दीको लेप या पात पिसेर लगाउँदा जलेका घाउ चाडै निको हुने गर्छ । 

- मेहन्दी कफ पित्त जन्य रोग, कुष्ठ तथा चर्मविकारमा लाभदायक हुन्छ ।
- मेहन्दीको क्वाथको प्रयोग मुख रोगमा पनि गरिन्छ ।
- यसले कपाल रंगाउँन पनि सकिन्छ । 

ख्याल गर्नुपर्ने

अहिले बजारमा रेडिमेट मेहन्दीको नाममा विभिन्न केमिकल मिसाएका मेहन्दीहरु आउन भएकोले यसको चयनमा निकै ध्यान पु¥याउँन जरुरी हुन्छ । 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय