लगानीकर्ता असन्तुष्ट 

बुटवल । पुँजी बजारमा प्रविधिको पहुँच बढ्न लागेको बेला सिडिएस एण्ड क्लीयरीङ लिमिटेड (सिडीएससी) ले पुँजीगत लाभ कर गणना विधि शुरु गरेपछि मोफसलमा लगानीकर्ता असन्तुष्ट भएका छन ।

सो विधि र प्रक्रिया अवैज्ञानिक, झन्झटिलो र अव्यहारिक भएकाले बजारमा यसको नकारात्मक प्रभाव परेको लगानीकर्ताको गुनासो छ । सिडीएससीले साउन १ गतेदेखि लागू गरेको विधिलाई सच्चाएर वैज्ञानिक र यथार्थपरक गणना विधि लागू गर्न शेयर बजारका लगानीकर्ताले माग गरेका थिए ।

त्यसपछि पुँजीगत लाभकर गणना शहअ विवाद केही समयका लागि अन्त्य भएको छ र कम्पनीको मूल्यको औसतलाई आधार बनाएर आधारभूत मूल्य निर्धारण गर्ने र सोही आधारमा पुँजीगत लाभकर गणना गर्ने व्यवस्थाका लागि माथिल्लो निकायमा सिफारिस गर्ने सहमतिसमेत भएको छ ।

सफल नेपाल इन्भेष्ट कमपनीका महासचिव माधव पाण्डेले सिडीएससीले साउन १ गतेदेखि शुरु गरेको पुँजीगत लाभकर गणना विधिले बजारमा नकारात्मक असर परेको उल्लेख गर्दै अव्यहारिक र झन्झटिलो प्रणाली भएको बताए । उनले खास गरेर वैदेशिक रोजगारीमा रहेका लगानीकर्ताका लागि अझ वढी झन्झट भएको उल्लेख गर्दै हामी ल्याप्चे युगमा जान थालेको टिप्पणी गरे  ।

“एकतिर बजारमा अनलाइन प्रणाली अर्कोतिर ल्याप्चे यसले कस्तो सन्देश जान्छ ?” पाण्डेले प्रश्न गरे । उनले यो प्रणालीबाट धेरै लगानीकर्ता असन्तुष्ट भएको बताए । लिन्च स्टक मार्केटकी सोनम पाठकले सिडीएसीको प्रणाली ठिक हुँदाहुदै पनि लगानीकर्ताले झन्झट व्यहोर्नुपरेको बताईन । विदेशमा बसेका लगानीकर्तालाई कारोवार गर्न असहज भएको उल्लेख गर्दै उनले ल्याप्चे लगाउन नपर्ने भए सजिलो हुने बताईन । 

बुटवल र भैरहवामा ६ ब्रोकर कार्यालय रहेको यस क्षेत्रमा लगानीकर्ताले शेयर बजारमा लगानी बढाउन थालेका छन । यहाँका ब्रोकर कार्यालयबाट दैनिक रु एक करोडको कारोवार हुदै आएको छ । यस अघि प्रदेश नं ५ शेयर लगानीकर्ता फोरमले सो अवधारणको विरोध गर्दै आन्दोलनमा ऐक्यबद्धता जनाएको थियो ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय