७ बैशाख २०८१, शुक्रबार

बाँकेमा विषालु सर्पको बिगबिगी

बाँके । बाँकेमा सर्पको बिगबिगी बाँकेमा गर्मी र वर्षासँगै विषालु सर्पको बिगबिगी बढ्न थालेको छ । वर्षाको पानी सर्प बस्ने प्वालमा भरिएपछि बाहिर निस्कन थालेका सर्पको टोकाइ पनि बढेको छ । सर्पले डसेकाहरु नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका लागि आउने गरेका छन ।

अस्पतालका चिकित्सक डा पारस पाण्डेका अनुसार सर्पले डसेका दैनिक करीब १० देखि १२ जना अस्पतालमा उपचारका लागि आउने गरेका छन । यो वर्षको जेठ र असारमा करीब ५०० सर्पले डसेकाहरु सो अस्पतालमा उपचारका आएका छन् । तीमध्ये विषालु सर्पले डसेका नौ जनालाई एन्टिभेनम औषधि लगाएर बचाइएको अस्पतालको तथ्याङ्कमा उल्लेख छ ।यो क्षेत्रमा नेपालगञ्जस्थित भेरी अस्पताल र बाँकेको राप्तीसोनारी गाउँपालिकाको शम्शेरगञ्ज र बर्दियाको ठाकुरबाबा नगरपालिकाको सइनवारमा रहेको सर्पदंश उपचार केन्द्रमा सर्पले टोकेकाहरुको उपचार हुँदै आएको छ ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्