भेरी अस्पतालमा छैन रेबिजको सुई

नेपालगञ्ज । भेरी अञ्चल अस्पताल नेपालगञ्जमा रेबिज विरुद्ध खोप नहुँदा सर्वसाधारण मर्कामा परेका छन् ।साउन सुरु भएदेखिनै अस्पतालमा रेबिज विरुद्धको खोप सकिएको हो । भेरी अस्पतालमा दैनिक १५ देखि २० जना कुकुरले टोकेका बिरामी आउने आउने गरेका छन् । अस्पतालमा निःशुल्क उपलब्ध हुने रेबिज विरुद्धको सुई सकिएपछि निजी क्लिनिकमा महँगो शुल्क तिरेर सुई लगाउनु पर्ने बाध्यता रहेको स्थानीयहरुले गुनासो गरेका छन् । निजी क्लिनिकमा एउटा खोपको कम्तीमा रु ५०० पर्ने गरेको छ भने कुकुरले टोकेका बिरामीले चार वटा सुई लगाउनुपर्ने हुन्छ ।

राप्तीसोनारी गाउँपालिका–६ फत्तेपुरबाट रेबिजविरुद्धको सुई लगाउन भेरी अस्पताल आएका श्यामप्रसाद थारूले निजी मेडिकलमा पैसा तिरेर सुई लगाउनुपरेको बताए । स्वास्थ्य सेवा विभागले सुई पठाउन ढिलाइ गरेको र सुई बोक्ने एसीसहितको भ्यानल समेत बिग्रिएपछि सुई ल्याउन ढिलाइ भएको  तथा केही दिन भित्रै सेवा उपलब्ध हुने अस्पतालका प्रमुख डा.रुपानन्द अधिकारीले जानकारी दिए ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय