‘घर न घाट’ भए भाग्यले बाँचेकाहरु !

आँसु पुछ्दै कर्तव्य सम्झिँदै जनप्रतिनिधिहरु

गुल्मी । गत मगंलबार गुल्मीमा आएको विपत्तिले त्यहाँका स्थानीयहरुको आँखा अझै पनि ओभानो भएको छैन् । विपत्ति पनि यस्तो आई लाग्यो की उनीहरु त्यो दिन सम्झिँदा समेत भक्कानिन्छन् । सगैं राति खाना खाएर सुतेका कतिका आफन्त छैनन् कतिको घर बास नै छैन् । त्यो दिन उनीहरुका लागि कालो दिन बन्यो ।

वडा सदस्य अर्जुन तरामु । धरातलसंगको कुराकानीमा निकै रोए । उनी पनि पहिरो पीडित नै हुन् । अरु चार सय घरपरिवारलाई जस्तै उनलाई पनि पहिरोले छोडेन । अझै भनौँ उठिबास नै लगायो । अहिले उनको परिवारनै धर्मपुर माविको शिविरमा छन् । उनलाई आफ्नो परिवारले खाना खाए वा भोकै छन् मतलब छैन् । सुत्ने र खानेको कुनै समय छैन् । जनप्रतिनिधी भएकाले आँसु पुछेरै भएपनि आफ्नो कर्तव्य निर्वाह गर्दैछन् । अरुकै व्यवस्थापनमा कस्सिएका छन् । 

त्यस्तै वडा अध्यक्ष रुक बहादुर राना पनि आँसुकै धारामा गाउँ डुलेका छन् । बोल्न खोज्दैनन, बोले आँखामा आँसु रोकिदैन् । उनीहरुसंगै लुम्पेकी नागरिकको पहिरोले घरबारी त थामिएननै । अहिले मन पनि थामिन सकेको छैन् । पहिरोमा परेर मर्ने मरिसके यसै मर्न नसकिने रहेछ । बिचल्ली बाँच्नेको भएको छ । ‘गाउँको व्यथा पोखेर साध्य छैन् जनप्रतिनिधीले पहिले अरुको पीडा बुझनु प¥यो, वडा सदस्य तरामुले भने,‘मन थामेर गाउँ डुलेका छौ । बाँचेका मान्छेहरुलाई अब त मर्न दिनु भएन ।’ त्यस्तै उद्धारमै खटिएका युवा प्रकाश विकले आधा जीवन बिताएको ओत र सम्पतीले मन थाम्न नसकिने बताए । ‘लैनो भैसी गोठमा छोडेका छौ, अन्य चौपया व्याबरिसे छन्, घर गए मरिन्छ, उनले भने, ’रोएरै पीडा बगेको छ ।’

त्यस्तै १३ वर्षकी धनी तरामुले त्यो पहिरो सगैं आफ्नी आमा र ९ वर्षीय भाई गुमाईन् । आफु र बहिनीलाई भान्सा कोठामा सुताएर भाईलाई लिएर अर्को कोठामा सुत्न गएकी आमा त्यही पहिरो सगैं बगिन् । मस्त निद्रामा सुतिरहेका उनीहरुलाई एक्कासी पत्तो भयो की घर भत्क्यो पहिरोले बगायो । एकैचोटि च्यापिएपछि पो थाहा पायौँ उनले भनीन् ।

सत्यवती गाउँपालिका ३ ठुलोलुम्पेकका लोक बहादुर सुनारकी श्रीमति आठ महिनाकी गर्भवति थिईन । उनी रातको ३ बजे मुलधारे पानीसंगै गाउँ छोडेँ । सत्यवति गाउँपालिका ३ ठुलोलुम्पेकका लोक बहादुर सुनारलाई त्यो दिनदेखि निद्रै परेको छैन् । लोक बहादुर सधै गोठमा सुत्थे । साउन ७ गते पौन ३ बजे पहिराले गोठ च्याप्यो । माथिल्लो तलाकी बहिनी मलखातमा पुगिन् । चिच्याएको सुनेर सुनार पनि छोरो र श्रीमति लिएर बाहिर आए ।

गोठको लैनो भैसी, २० बाख्रा, ११ वटा बंगुर र एउटा पाडो आँखा अगाडी मरे । उनको परिवार पाँच दिनदेखि आफन्तकोमा आश्रय लिएका छन् । ‘सुरक्षित बास छैन, घर फर्कने आश छैन,’ उनले भने, ‘म सहित सिङ्गो गाउँनै बिस्थापित भएका छौ ।’ लुम्पेकको ओख्खरका लेक बहादुरको सवैभन्दा बढि पशुचौपाया मरेका छन् । सुरुमा आफुलाई धेरै चिन्ता परेपनि सिङदी गाउँको हरि बिजोक देखेर चित्त बुझ्दै गएको सुनारले बताए ।

सत्यवति गाउँपालिका ३ सिङदीकी इन्द्रकला शारिरीक रुपमा असक्त छन् । जो दुई पटकको पहिरोमा भाग्यले बाँचिन् । बिपत्ती अप्रत्याशित हुन्छ । थाहा पाएसम्म जसले पनि भागेर ज्यान जोगाउन थाल्छ । तर इन्द्रकलालाई त्यो सम्भव थिएन । एउटा खुट्टा सानो र सुकेको भएकाले हिड्न सक्दैनन् । साउन ७ गतेको पहिरोले घर पुरिदाँ अरु भागे । तर इन्द्रकलाले अन्तिममा उद्धार पाइन् । ‘खुट्टा हुने बिहानै भागे म कसो गरुँ रोएर बसे,’ उनले भनिन, ‘पहिले पनि पहिरोमा पुरिएर बाँचेकी हुँ ।’ 

उनकी आमा रुकमायाका अनुसार २०४६ सालमा पनि पहिरोले विक परिवारको घरगोठ बगाएको थियो । त्यतिवेला पनि पहिरोमा पुरिएकी इन्द्रकलाको जिवितै गाउँलेले उद्धार गरेका थिए । पहिरोले गाउँ घेरे पछि अहिले इन्द्रकलाको परिवारसहित १६ घरका ९३ जना वडा नं १ अस्लेवाको राम माविमा आश्रय लिएका छन् । ‘अरु सरहनै बसेकी छु न बत्ति न राम्रो ओढ्ने आछेयाउने,’ उनले भनिन, ‘शौचालय जाँदा, महिनावारी हुँदा र बिरामी पर्दा निकै बिजोक छ ।

स्थानीय गिरबहादुर परियारले २०७२ को भूकम्पले जोखिममा पारेका बस्तीमा अहिले पहिरो गएको बताउँछन् । जमिन चर्किएको थियो थाहा थियो कुन दिन के हुन्छ भनेर नभन्दै यो विपत्ति आईलाग्इो । ढुंगा चाल्ने र सिङी गाउँमा जमिन चर्किएको थियो । लुम्पेकका अधिकांश बस्ती डाँडामा छन । सत्यवती ४ लिम्घाको भिरकुना पनि पहिल्यैदेखि पहिरोको जोखिम क्षेत्र हो । 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय