७ बैशाख २०८१, शुक्रबार

इस्माको विवादित सभाहलको अख्तियारले ग¥यो अनुगमन, वस्तुगत वास्तविकता अर्कै !

गुल्मी । इस्मा गाउँपालिकाको सभाहलको बिवाद अख्तियारसम्म पुगेको छ । इस्मा गाउँपालिका वडा नं ३ दर्लामचौरको ठाढुङ्गामा गाउँपालिकाले सभाहल निर्माण गरेको छ । ६० लाखको सभाहल २५ दिनमै सम्पन्न भएपछि सामाजिक सञ्जालमा निकै टिका टिप्पणी भइरहेको छ । समाजिक सञ्जालसहित यो बिषय अख्तियार दुरुपयोग आयोग बुटवलसम्म पुगपछि आयोगले मंगलबार सभाहलको अवस्थाको बारेमा जानकारी लिएको छ । 

आयोगबाट आएको शाखा अधिकृत बाबुराम पौडल र इन्जिनियर प्रकाश पौडेलसहितको टोलीले सभाहलको स्टिमेट अनुसारको कामको अवस्था, कागज पत्र, बिल भरपाई र अनुगमन समिति, उपभोक्ता समितिलगायतको धारणा बुझेर फर्किएको छ । टोली प्रमुख पौडेलले आफुहरु भवनको स्टिमेट अनुसारको नाप जाँच र अन्य कागज पत्रसहितको अवस्था बुझन् आएकाले कुनै प्रतिक्रिया दिन नमिल्ने बताए । तर सामाजिक संजालमा आएकै जस्तो स्थिती नदेखिएको प्रतिक्रिया आफुहरुलाई दिएको अनुगमन समितिका एक सदस्यले बताए । सभाहलको बिषयमा साउन १३ गते अख्तियारमा उजुरी परेको कार्यालयले जनाएको छ । गाउँपालिकाले गत जेठ २८ गते सभाहल निर्माण गर्न उपभोक्ता समिति मार्फत सम्झौता गरेको थियो । 

गाउँपालिका अध्यक्ष लक्ष्मण बिष्टले अख्तियारको प्रतिवेदनका आधारमा मात्रै सभाहलको अवस्था बाहिर आउने बताए । उनले सामाजिक सञ्जालहरुमा वस्तुगत स्थितीभन्दा व्यक्तिगत इगोका कारण सभाहललाई उचालिएको बताउँदै बदमास गरेको ठहर भए जोसुकैले कानुन अनुसार सजाय भोग्ने प्रतिक्रिया दिए ।

अनुगमन समिति संयोजक तथा गाउँपालिका उपप्रमुख बिमला खत्रीले प्राविधिक रिर्पोटका आधारमा काम भएकाले आफ्नो कमजोरी भए सजाय भोग्न र जनतासँग आम माफी माग्न तयार भएको बताइन् ।

वडा नं ३ का वडाध्यक्ष तोयनाथ शर्मा सापकोटले नेपालमा समयमै काम भएको कसैलाई नपच्ने प्रतिक्रिया दिए । ‘कमसल काम गरेर पैसा खाएको प्रमाणित भए नेल लगाउँछौँ, समयमै काम गर्नेले स्याबासी पाउनुपथ्र्यो’ उनले भने, ‘बजेट फ्रिज नगराउनुनै हाम्रो गल्ती भएछ ।’ सापकोटाले कुनै उपाय नपाएर ज्वाईसंग जोडेर बदनाम गरिएको बताए । 

उपभोक्ता समितिका अध्यक्ष शेर बहादुर खत्रीले तीन चरणमा काम भएकाले समयमै काम गरिएको बताए । समयमै काम गरेको कारण अहिले मानसिक रोगी हुने अवस्था आएकाले सत्य तथ्य छिटो बाहिर आए जेल जानपछि नपर्ने प्रतिक्रिया दिए । उनले छोटो समयमै खोलाको पानी र रिडीको बालुवा बोकेर दिन रात नभनेर अपाङ्गमैत्री शौचालयसहितको सभाहल बनाएर पुरस्कृत हुने साटो सञ्जालमा बेइज्यती भएको बताए ।  

नेपाली कांग्रेस वडा नं ५ का सभापती राम प्रसाद पन्थले अख्तियारले कामको अवस्था हेर्नु सुखद पक्ष भएको बताए । उनले यो कदमले आगामी दिनमा योजनाका काममा थप गुणस्तरियता आउने बताए । उनले आफ्नो पार्टीले पनि गुणस्तरियताकै लागि पटक–पटक गाउँपालिका र वडाहरुमा ज्ञापन पत्रहरु बुझाउन तथा खबरदारी गर्ने काम गरेको प्रतिक्रिया दिए । 

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्