१६ चैत २०८०, शुक्रबार

रहिनन् भारतीय पूर्वविदेशमन्त्री स्वराज

काठमाडौं । भारतका पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधन भएको छ । उनको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा ६७ वर्षको उमेरमा निधन भएको हो । २५ वर्षको उमेरमा राजनीतिमा आएकी उनी तीनपटक विधानसभा चुनाव लडिन र जितिन । उनी सातपटक सांसद भएकी थिइन् । उनलाई एक प्रखर वक्ता, प्रभावी राजनीतिकर्मी र कुशल प्रशासक मानिन्छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलगायतले श्रदाञ्जली दिएका छन ।  मोदीले एक असाधारण नेताको निधनले देश शोकमा रहेको बताएका छन । भारतीय जनता पार्टीका कार्यकारी अध्यक्ष जेपी नड्डाका अनुसार स्वराजको पार्थिव शरीर बुधबार १२ बजेदेखि ३ बजेसम्म अन्तिम श्रदाञ्जलीका लागि पाटी कार्यालयमा राखिनेछ । त्यसपछि लोधी रोडको क्रेमेटोरियममा राष्ट्रिय सम्मानका साथ उनको अन्तिम संस्कार गरिनेछ 

स्वराजको रोचक प्रेम कहानी 

पूर्वविदेशमन्त्री स्वराजको हृदयाघातका कारण निधन भएको छ । उनलाई भारतीय जनता पार्टी (भाजपा) को एक प्रखर वक्ताको रुपमा चिनिन्थ्यो । उनको सार्वजनिक जीवन त धेरैलाई थाहा छ, तर निजी जिन्दगीबारे कमैलाई थाहा होला । निजी जिन्दगीको कुरा गर्दा सुष्माले प्रेम कहानी रोचक छ । उनको पहिले प्रेम भयो, अनि पछि बिहे । उनको बिहे स्वराज कौशलसँग भएको थियो । स्वराज कौशल भारतका चर्चित वकिल हुन । चण्डीगढमा पढ्ने क्रममा सुष्मा र कौशलबीच मित्रता भयो । दुवैले आफूहरु मिल्ने साथीमात्र भएको बताउँथे ।

वकालतको पढाइ पूरा गरेपछि दुवै दिल्लीमा प्राक्टिस गर्न गए । त्यहाँ दुवैको मित्रता प्रेममा बदलियो । त्यसपछि सुष्माले यो कुराको जानकारी आफ्नो अभिभावकलाई दिइन । सुष्माका पिता हरदेव शर्मा प्रेमको कुरा सुनेर रिसाए । यद्यपि उनले छोरीको कुरा टार्न सकेनन । उनी छोरीको प्रेम विवाहको लागि तयार भए ।

सुष्माका पति स्वराज कौशल सन् १९९९ देखि २००४ सम्म सांसदसमेत बने । त्यसपछि उनी मिजोरमको राज्यपाल पनि बने । तर पनि चर्चामा रहेनन । उनी ३४ वर्षको हुँदा देशको सबैभन्दा युवा महान्यायाधिवक्ताको बनाइयो । स्वराज कौशल ३७ वर्षको उमेरमा मिजोरमको गभर्नर पनि बने । उनी १९९० देखि १९९३ सम्म गभर्नर पदमा रहे । करवाचौथ पर्वको फोटो र सामाजिक सन्जालमा रमाइला ट्वीट गरेर सुष्माका पति चर्चामा रहे ।

सन २०१७ मा स्वराज कौशलको ट्वीट भाइरल भयो, जसमा कसैले उनलाई सोधेको थियो– सर तपाईं सुष्मा स्वराजलाई ट्वीटरमा फलो किन गर्नु भएको छैन ? कौशलले जवाफ दिए– किनकि म लिबिया या यमनमा फसेको छैन ।

एक अर्को प्रसंगमा ट्वीटर प्रयोगकर्ता आकाशले स्वराजसँग सोधे– सर बैंकको पासबुकलाई प्यान कार्डको आवेदन दिँदा प्रयोग गर्न सकिन्छ ? उनले जवाफ दिए– कृपया मलाई इन्कम ट्याक्स कमिश्नर ठान्ने गल्ती नगर्नु होला ।

गत आइतबार मात्रै उनलाई मन पर्ने गायकको बारेमा सोधिएको थियो । कौशल स्वराजले त्यसको जवाफमा लेखेका छन– मुकेश, सुरैया र किशोर । गभर्नर बनेपछि भने मलाई आफ्नै आवाज राम्रो लाग्छ ।’
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्