८ बैशाख २०८१, शनिबार

सिसी क्यामरा जोड्न गरिमा बैकको सहयोग

गुल्मी । गुल्मीको सदरमुकाम तम्घास बजारमा सिसी टिभी क्यामरा जडान गर्ने अभियान सञ्चालन भएको छ । अहिले पनि रेसुङ्गा नगरपालिका स्थित तम्घास बजारका विभिन्न संवेदनसिल क्षेत्रमा सिसी टिभी क्यामरा जडान कार्य भइरहेको छ । अपराध नियन्त्रण गर्दै शान्ति सुरक्षा मजबुत बनाउने उदेश्यले क्यामरा जडान गर्न लागिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । 

क्यामरा जडानको लागि जिल्ला प्रशासनको अगुवाईमा बिभिन्न संघ संस्थाले सहयोग गरिरहेका छन । सिसी क्यामरा जडानका लागि गरिमा विकास वैकले पनि २५ हजार सहयोग गरेको छ । बैंकका म्यानेजर बिष्णु गैरेले प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेललाई सहयोग रकम हस्तान्तरण गरेको बैंकले जनाएको छ । सिसिटिभि क्यामेरा जडानको लागि बैंक तथा बित्तिय संस्था बढि सक्रिय भएका छन । यस अघि पनि गण्डकी बिकास बैकले २५ हजार सहयोग गरेको थियो । 

शहरी क्षेत्रमा शान्ति सुरक्षा र बैंकमा हुने चोरीका घटनालाई नियन्त्रण गर्न सिसी टिभी जडानमा आफुहरुले सहयोग गरेको गरिमा विकास बैंक लिमिटेड तम्घास शाखाले प्रमुख गैरेले बताए । प्रशासनको अगुवाईमा बजार क्षेत्र भित्र पहिलो चरणमा झण्डै एक दर्जन स्थानमा सिसीटिभी क्यामरा जडान हुन लागेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाउको छ । 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्