८ बैशाख २०८१, शनिबार

खुट्टा गन्हाउँछ ? अपनाउनुस यी घरेलु उपाय !

लामो समयसम्म जुत्ता तथा मोजा लगाएर काम गर्नुपर्दा धेरै मानिसको खुट्टाबाट दुर्गन्ध आउने समस्या हुन्छ । अझ नियमित सफाइ भएन भने त त्यो समस्या अझै बढ्छ । यद्यपि केही मानिसले खुट्टाबाट दुर्गन्ध आउने समस्यालाई नजरअन्दाज गर्दछन । किनकी यस्तो समस्याबाट मुक्ति पाउने उपाय धेरैलाई थाहा पनि हुँदैन । खुट्टाबाट दुर्गन्ध आउने समस्याबाट आफुमात्र होइन आफ्नो आसपासमा मानिस अझै बढि पीडित बन्दछन ।

मानिसहरुमा बिशेषगरी गर्मीको समयमा मोजा गन्हाउने समस्या हुन्छ । गर्मी महिनामा खुट्टामा रहेको ब्याक्टेरिया बढि सक्रिय हुने भएकाले पनि मोजा गन्हाउने समस्या उत्पन्न हुन्छ । यही समस्याले मानिसहरुलाई अरुको छेउमा लज्जीत तथा दुर्गन्धित भएर बस्नुपर्ने बाध्यता समेत हुन्छ । गर्मीको समयमा कहि मानिसहरुलाई यस समस्याले चिन्तित बनाईरहेको हुन्छ । त्यसकारण खुट्टाबाट दुर्गन्ध आउने समस्याबाट मुक्ति पाउनका लागि निम्नानुसारका घरेलु उपाय अपनाउनु उपयुक्त हुन्छ ।

– अदुवालाई पिँधेर त्यसको रस निकाल्नुहोस । त्यसपछि अदुवाको रसमा कपास भिजाउनुहोस र त्यसलाई राति सुत्नुभन्दा अघि पाइतालामा दलेर रातभर छाड्नुहोस । बिहान राम्रोसँग खुट्टा धुनुहोस । खुट्टाको सरसफाइमा ध्यान दिनुहोस । सफा जुत्ता तथा सफा मोजा लगाउने गर्नुहोस । यदि यसो गर्दा पनि खुुट्टाबाट दुर्गन्ध आउने समस्या नहटेमा छाला रोग विशेषज्ञसँग परामर्श लिनुपर्छ ।

– मनतातो पानीमा नुन घोल्नुहोस अनि त्यो घोलमा खुट्टा डुबाउनुहोस । केहीबेर नुनपानीमा खुट्टा डुबाइसकेपछि निकाल्नुहोस अनि चिसो पानीले मज्जाले खुट्टा पखाल्नुहोस । सिधे नुन पानीमा घोलेर खुट्टा डुबाउँदा अझ लाभदायी हुन्छ ।

– एउटा भाँडोमा मनतातो पानी राखेर त्यसमा दुइ चम्चा बेकिङ सोडा तथा कागतीको रस हाल्नुहोस । अनि त्यसमा दश मिनेटसम्म खुट्टा डुबाएर राख्नुहोस । हप्तामा एकपटक यसो गर्दा खुट्टा गन्हाउने समस्या कम हुन्छ ।

– राम्रोसँग पिँधेर मीहिन बनाएको अलिकति मकैको पिठो जुत्ताभित्र हाल्नुहोस । यसले खुट्टाबाट निस्किने पसिना सोस्दछ अनि खुट्टाबाट दुर्गन्ध आउनबाट रोक्दछ । जुत्ता र खुट्टा भने हरेक दिन सफा गर्नुपर्छ ।

– मोजा गन्हाउने समस्याबाट छुटकरा पाउन खुट्टामा उत्पन्न हुने व्याक्टेरिया मार्नु पर्छ । यसका लागी खुट्टा सफा गर्दा व्याक्टेरिया मार्ने साबुन प्रयोग गर्नुहोस । विशेषगरी औँलाको कापलाई राम्रोसँग पखाल्नुहोस ।

– खुट्टा तथा औलाका कापलाई सुख्खा नराख्नुहोस । यसो गर्दा केही हदसम्म खुट्टामा व्याक्टेरिया कम उत्पादन हुन्छ ।

– गर्मी समयमा सकेसम्म जुत्ता नलगाउनुहोस । जुत्ताको सट्टा चप्पल लगाउनु भयो भने खुट्टामा पसिना जम्मा हुन पाउँदैन ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्