१६ चैत २०८०, शुक्रबार

यति धेरै घृणा किन ?

नेपाली सिनेमा क्षेत्रमा कम समयमा नेम र फेम कमाउँन सफल नायिका हुन साम्राज्ञी राज्य लक्ष्मी शाह । ड्रीम्सबाट आफनो अभिनय यात्रा थालेकी साम्राज्ञीको काम र स्टारडमको चर्चा सधै भयो । तर पछिल्लो समय उनी चाहेर वा नचाहेर निकै बिवादमा आउने गरेकी छन । कहिले झुठो विवादास्पद अभिव्यक्तिको कारण त कहिले उनको प्रेम सम्बन्धको कारण । कुनै न कुनै रुपमा उनी आलोचनामा आउने गरेकी छन । पछिल्लो समय साम्राज्ञीले सबैभन्दा बढि आफनो तस्बिरहरुको कारण आलोचना खेप्नु परेको छ ।

कायरा फिल्मको सुटिङको दौरान ट्याटु खोप्दाको तस्बिरमा पनि उनले निकै गाली खानु परेको थियो भने पछिल्लो पटक साम्राज्ञी र उनको प्रेमीबीचको तस्बिरले सम्भवत उनले अहिलेसम्मकै बढि आलोचना र गाली खेप्नु प¥यो । त्यसमाथि उनले झनै आफुलाई नकारात्मक टिप्पणी गर्नेलाई कुकुरको संज्ञा दिएपछि त झनै साम्राज्ञी आलोचित बनिन । केही दिन अघि मात्र साम्राज्ञीको मारुनी फिल्मको टे«लर सार्वजनिक भएको छ । जुन टे«लर र अन्य कलाकारको खुबै प्रशंसा भईरहेको छ तर साम्राज्ञीको खासै छैन ।

तस्बिर भन्दा पनि उनले आलोचकहरुलाई कुकुर भनेपछि त्यसले यहाँ निर निकै प्रभाव पारेको देखिन्छ । यसबीच साम्राज्ञीले आफुलाई किन यति धेरै घृणा भन्दै प्रश्न गरेकी छिन । सामाजिक सञ्जाल इन्स्टाग्राममा एउटा भिडियो सार्वजनिक गर्दै उनले किन यतिबेला घृणा भन्दै गुनासोसहित प्रश्न गरेकी हुन । भिडियोमा उनले भनेकी छिन “राम्रो काम गर्न छोडेर अरुको कुरा मात्र काटेर आफनो समय फाल्नेहरुप्रति म माफी माग्छु । किन यति धेरै घृणा ? अरुको मुहारमा खुसी देख्न नसकेर यसबाट तपाईले के पाउनुहुन्छ ? यस्तो महसुस भईराछ की मलाई यो सब चीजबाट छुटकारा चाहिएको छ” ।

साम्राज्ञीले यसरी गुनासो पोखिरहँदा कतिले उनको समर्थन गरेका छन भने कतिले उनलाई सुझाव पनि दिएका छन । साम्राज्ञीको अब दुई फिल्म रिलिज हुने तयारीमा रहेका छन । मारुनी भदौ १३ र रातो टिका निधारमा दशैमा रिलिज हुँदैछ । साम्राज्ञीको अभिव्यक्ति र उनको गतिविधिहरुले यी फिल्महरुलाई प्रभाव पर्ला वा नपर्ला भन्ने चाही केही समय कुर्नै पर्छ ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्